राजेन्द्र पाण्डेले आजै अपरान्ह मुख्यमन्त्रीकाे शपथ लिने, बागमतीमा काे-काे बन्दैछन् मन्त्री ?
काठमाडाैँ । बहुमत (५९) सांसदसहित बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई आजै अपरान्ह शपथ खुवाउने तयारी प्रदेश प्रमुखको कार्यालयले गरेको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै बुधबार पाण्डेले ५९ सांसदको समर्थनसहित दाबी पेस गरेका थिए ।
बहुमत सांसदको समर्थनसहित दाबी पेस गरेका पाण्डेलाई आजै अपरान्ह ३ः ३० बजे शपथ खुवाउने तयारी प्रदेश प्रमुखको कार्यालयले गरेको हो । मुख्यमन्त्री पाण्डेसँगै अन्य तीन मन्त्रीको शपथ पनि आजै हुनेछ ।
माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र एकीकृत समाजवादीका उपनेता कृष्ण खनाल मन्त्री बन्ने लगभग पक्का छ । कुमारीलाई अर्थ, भडेललाई भौतिक र खनाललाई सामाजिक विकास मन्त्रालय दिने गठबन्धनको तयारी छ ।
बुधबारकाे प्रदेशसभा बैठकमा अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिँदै नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेकी थिइन् । शाक्यको राजीनामापछि प्रदेश प्रमुख शर्माले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि दाबी प्रस्तुत गर्न आह्वान गरेका थिए ।
पाण्डेको पक्षमा गठबन्धनको ठूलो दल नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, एकीकृत समाजवादी १३ र जसपाका एक सांसदले हस्ताक्षर गरेका छन् ।
गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी र जसपाले ४ कात्तिकमा पाण्डेको नेतृत्वमा सरकारमा जाने निर्णय गरेका थिए । प्रदेशमा एकीकृत समाजवादी र कांग्रेसबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












