बन्दीको निवेदन सुनुवाइ गर्न सर्वाेच्चका न्यायाधीशहरु तयार, अरु मुद्दाको पेशी स्थगित
काठमाडौँ । सर्वोच्च अदालतले सोमबार बन्दी प्रत्यक्षीकणका मुद्दामात्रै पेशी तोकेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र आन्दोलनरत न्यायाधीशको वार्ता टोलीबीच भएको सहमतिअनुसार सोमबार बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै पेशी तोकिएको हो।
आइतबार न्यायाधीशहरुले राणासँग वार्ताका लागि न्यायाधीश सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा रहेको वार्ता टोली गठन गरेका थिए। सो टोलीले आइतबार बेलुका प्रधानन्यायाधीश राणासँग छलफल गरेको थियो।
स्रोतका अनुसार वार्ता टोलीले प्रधानन्यायाधीश राणालाई इजलासमा नबस्न र बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको पेशी नतोक्न आग्रह गरेका थिए। सोही आग्रह स्वीकार गर्दै प्रधानन्यायाधीश राणाले सोमबारका लागि बन्दीको निवेदनबाहेकका मुद्दाको पेशी तोकेका छैनन्।
सोमबार आन्दोलनरत न्यायाधीशहरु बन्दीको निवेदनको सुनुवाइका लागि इजलास फर्किने भएका छन्। उनीहरुले विगत एक सातादेखि अघोषित रुपमा इजलास बहिष्कार गर्दै आएका थिए। उनीहरुले विवादमा आएका प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग गरेका छन्।
विवाद समाधानका निम्ति मध्यमार्गी बाटोका रुपमा बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै सुनुवाइ गरेर अघि बढ्ने र समस्या समाधानका लागि संवादको प्रक्रिया सुरु भएको सर्वोच्च स्रोतले बताएको छ।
सोमबार बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि न्यायाधीशहरु पुनः छलफलमा बस्ने भएका छन्।
Comments
अरु समाचार
-
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
काठमाडौँ: विदेशमा रहेका नेपालीले नेपाली नेत्रविशेषज्ञबाट आँखा उपचार सेवा लिन पाउने भएका छन् । नेपाल नेत्रज्योति सङ्घले विदेशमा बस्ने नेपालीलाई...
-
व्यापार ,व्यवसाय सञ्चालनमा अवरोध नगर्न अदालतको आदेश
काठमाडौँ: उच्च अदालत पाटनले पशुपति धर्मशालाको विवादमा व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशहरू...
-
त्रिविविसम्बन्धी नयाँ ऐन ल्याउनुपर्नेमा जोड
काठमाडौं । राष्ट्रियसभा, सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूले त्रिभुवन विश्वविद्यालयसम्बन्धी नयाँ ऐन तर्जुमा गर्नुपर्नेमा जोड दिएका छन् ।...
-
झापामा कोशी प्रदेशकै लामो पुल निर्धारित समय अगावै निर्माण सम्पन्न
काठमाडौं । झापामा कोशी प्रदेशको सबैभन्दा लामो र देशको तेस्रो लामो झोलुङ्गे पुल निर्धारित समय भन्दा अगावै निर्माण सम्पन्न भएको...
-
आइजीसीको बैठ काठमाडौंमा सुरु, वस्तु निर्यातदेखि वाणिज्य सन्धिसम्मका विषय उठाइने
काठमाडौं । नेपाल–भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आइजीसी)को बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । विगत चार वर्षदेखि हुन नसकेको नेपाल–भारत...
-
अमेरिकाको पोखरीमा कार डुब्दा दुई नेपालीको मृत्यु
काठमाडौं । अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा दुई नेपालीको मृत्यु भएको छ। भर्जिनियाको स्यान्टिली शहरस्थित एक होटल बाहिर रहेको पोखरीमा...
-
तिब्बतका भूकम्पपीडितलाई नेपालीको सहयोग
काठमाडौं । गत मङ्गलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख...
-
लस एन्जलस डढेलोः कम्तीमा १० जनाको मृत्य
काठमाडौं । क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । आगलागीबाट आक्रान्त बनेको लस...
-
प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३२ जना मनोनीत
काठमाडौं । प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नका साथै दशौँ महाधिवेशन आगामी फागुन २५ देखि २७...