गठबन्धन आउँदो चुनावमा तालमेल गरेर अगाडि बढ्छ : नेपाल
रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीशको विषयमा अहिलेसम्म गठबन्धनमा छलफल नभएको बताएका छन्।
गृह जिल्ला रौतहटको चन्द्रपुरमा मंगलबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रधानन्यायाधीशको विषयमा पाँच दलका नेता बसेर छलफल गर्ने जानकारी दिएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा बाहिर रहेकाले छलफल नभएको नेपालले बताए।
उनले पाँच दलीय गठबन्धन आउँदो चुनावमा तालमेल गरेर अगाडि बढ्ने दाबी गरे। नेपालले भने, ‘हेर्दै जाउ तालमेल मिलाउन कति सक्छौँ, गठबन्धनका नेता बसेर अगाडि बढ्छौँ।’ चुनाव खर्चिलो बन्दै गएकाले तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने पक्षमा आफू रहेको उनको धारणा छ।
विगतमा केपी ओलीले हरेक ठाउँमा तमासा देखाएको उनको आरोप छ।आफू ओली प्रवृतिबाट मूक्त भएको बताए। ‘केपी ओली मुलुकको अभिसाप हुन्।’ आफूले चाहेमा ७ दिनमा सरकार ढल्ने ओलीको भनाइप्रति व्यङ्ग्य गर्दै नेपालले भने ,’ओलीले त क्षेप्यास्त्र हानेर सरकार ढाल्न सक्छन्।’ विगतमा केपी ओलीले निरकुंस तरिकाले काम गरेकाले सर्वोच्च अदालतले संविधानको रक्षा गरेको समेत पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको भनाई छ।
अध्यक्ष नेपाल नयाँ पाटी गठनपछि पहिलो पटक गृह जिल्ला आएका हुन्।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











