एआईजीपी निरजबहादुर शाहीलाई कार्यवाहक आईजीपीको जिम्मेवारी
काठमाडौं । नेपाल प्रहरीको कार्यवाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) निरजबहादुर शाहीलाई दिइएको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को महासभामा भाग लिन टर्की जानुअघि शाहीलाई कार्यवाहक प्रहरी महानिरीक्षको जिम्मेवारी दिएका प्रहरी प्रधान कार्यालयले जनाएको हो ।
आइतबार आईजीपी थापासँगै चौथो वरियताका एआईजीपी प्रधुम्नकुमार कार्की र एसपी सविन प्रधान टर्कीको इस्तानवुल प्रस्थान गरेका छन् । यसअघि कार्यवाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी चौथो वरियताका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) प्रधुम्नकुमार कार्कीलाई दिइएपछि विवाद भएको थियो ।
यसअघि कार्तिक २६ मा भारतको हैदरावादमा आयोजित इन्डियन पुलिस सर्भिस (आईपीएस)को दिक्षान्त समारोहमा जाँदा पनि आईजीपी थापाले दुईजना बरिष्ठ एआईजीपी हुँदाहुँदै कार्कीलाई जिम्मेवारी दिएका थिए । आफुभन्दा कनिष्ट प्रहरी अधिकारीलाई कार्यबाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएकोप्रति असन्तुष्टि जनाउदैँ दोस्रो वरियताका एआईजीपी हरिबहादुर पाल र तेस्रो वरियताका एआईजीपी निरजबहादुर शाही बिदामा बसेको थिए । एआईजीपी शाही यसपटक भने कार्यावाहक प्रहरी महानिरीक्षक बनेका छन् ।
पूर्व प्रहरी अधिकारीले यस अघि प्रहरी प्रधान कार्यालयमा कार्यरत बरिष्ट प्रहरी अधिकारीलाई कार्यवाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी दिइनु उपयुक्त भएको भन्दै कार्कीलाई दिइनु स्वभाविक भएको टिप्पणी गरेका थिए ।
यस पटक भने प्रहरी प्रधान कार्यालयमा कार्यरत एआइजीपी नै प्रहरी महानिरीक्षकसँग गएपछि राष्ट्रिय प्रहरी प्रशिक्षक प्रतिष्ठानको निर्देशकको जिम्मेवारीमा रहेका शाहीलाई कार्यवाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी दिइएको छ । अब प्रहरी प्रधान कार्यालयबाट कार्यवाहक प्रहरी महानिरीक्षक स्तरीय निर्णय हुने सबै फाइल बोकेर प्रतिष्ठानको कार्यालय महाराजगञ्ज पुग्नुपर्ने भएको छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












