नेपाल एयरलाइन्सको स्पष्टीकरण– यस कारण रुकुमका यात्रुलाई नेपालगन्ज अवतरण गराइयो
काठमाडौं । नेपाल वायुसेवा निगमले व्यवस्थापनको निर्णयानुसार नै रुकुमका लागि उडाइएको जहाज नेपालगन्ज अवतरण गरिएको जनाएको छ ।
गएको सोमबार काठमाडौंबाट रुकुमका लागि उडेको जहाज नेपालगन्ज अवतरण गराइएको सार्वजनिक भएपछि निगमले त्यसबारे स्पष्ट पार्दै व्यवस्थापनको निर्णयानुसार नै नेपालगन्ज अतवरण गराइएको जनाएको छ ।
उक्त दिनका लागि तय भएको काठमाडौं–रुकुम (सल्ले) उडान सम्बन्धमा निगमको ध्यानाकर्षण भएको भन्दै निगमले यसबारे स्पष्ट पारेको हो ।
निगमका अनुसार आइतबार बिहान ६ः१५ मा उडान हुने जहाजका लागि ५ः१५ मा उडान कर्मचारीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बोलाइएको थियो । तर, मौसम प्रतिकूलताका कारण काठमाडौं–रुकुम (सल्ले) उडान हुन नसकेपछि उडान रद्द गरिएको थियो । मौसममा क्रमिक सुधार आएपछि रद्द भएको उडान दिउँसो २ः१५ बजेका लागि पुनः सञ्चालन गर्ने तालिका तय भयो ।
त्यसपछि विमान चालक/परिचारक एवं यात्रुरुलाई फोन गरेर पुनः विमानस्थल बोलाइयो । तर, उडान रद्द भएर घर फर्किएका यात्रुहरूलगायत सबैजना आइपुगेर उडान भर्न लाग्दा दिउँसो २ः५८ भएको थियो । काठमाडौं–रुकुम (सल्ले) उडान भरिसक्दा अपराह्नको कम्तीमा ५ बज्ने अवस्था थियो । अर्कोतर्फ, बिहान ५ः१५ बजेदेखि नै ड्युटी सुरु भएको विमान चालकको ड्युटी आवर ४ बजे पूरा भइसक्ने र तोकिएको ड्युटी आवरभित्र रुकुम पुगेर नेपालगन्ज फर्किन असमर्थ हुने अवस्था आएपछि नेपालगन्जसम्म मात्र उडान भर्ने निर्णय भएको थियो ।
हवाई उडानसम्बन्धी नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन/नेपाल नागरिक उड्डयन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट ड्युटी अवधि दैनिक १० घण्टाको सीमा निर्धारण गरेका कारण त्यस दिन रुकुम (सल्ले) उडान नगर्ने निर्णय भएको निगम मिडिया सेल संयोजक अर्चना खड्काले बताइन् । रुकुम र नेपालगन्ज जाने यात्रुहरूलाई काठमाडौंमै राखिरहनुभन्दा नेपालगन्जसम्म पुर्याएर रुकुम जाने यात्रुहरूलाई निगमको नियमानुसार होटेलमा राखी भोलिपल्ट बिहानै रुकुम पुर्याउनुपर्ने अवस्था निगमको बाध्यता र उचित निर्णय पनि भएको जनाइएको छ ।
निगमले मध्यपश्चिम तथा सूदुरपश्चिम क्षेत्रलाई मध्यनजर गर्दै विगत एक महिनादेखि व्यावसायिक/उद्धार उडान समेत सञ्चालन गर्दै आइरहेको र निगमसँग विमानको न्यूनताको कारण अर्को दिनको उडान तालिकामा समेत कुनै असर नपुगोस् भन्ने हेतुले अन्तिम विकल्प स्वरूप उक्त निर्णय लिनुपरेको जनाएको छ ।
निगमले यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...











