अख्तियार कार्यालय सुर्खेतको नवनिर्मित भवन प्रमुख आयुक्त राईद्वारा उद्घाटन
सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतको नवनिर्मित भवन प्रमुख आयुक्त प्रेम कुमार राईद्वारा उद्घाटन भएको छ।
आयोगको सुर्खेतस्थित कार्यालयमा आयोजित एक विशेष समारोहकावीच आयोगका माननीय प्रमुख आयुक्त प्रेम कुमार राईद्वारा नवनिर्मित भवनको समुद्घाटन गरिएको छ। यो सँगै आयोगले मातहतका सवै प्रदेशस्थित कार्यालयहरु तथा सम्पर्क कार्यालयको आफ्नै कार्यालय भवन निर्माणको कार्यले पूर्णता पाई संस्थागत क्षमता विकासको एउटा कोशेढुङ्गो पार गरेको छ।
नवनिर्मित भवन उद्घाटन कार्यक्रममा वोल्दै माननीय प्रमुख आयुक्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्दिष्ट गरेका चारवटा रणनीतिहरू मध्ये संस्थागत क्षमता विकास अन्तर्गत मातहतका सबै कार्यालयहरूको आफ्नै कार्यालय भवन निर्माण गरी कार्य सञ्चालन गर्ने लक्ष्य रहे अनुसार यस सुर्खेत कार्यालयको समेत भवन निर्माण सम्पन्न भएको पाउँदा खुशी लागेको बताउँदै कोभिड-१९ को विषम परिस्थितिका बाबजुद भवन निर्माण कार्य सम्पन्न भएकोमा सम्पूर्ण कर्मचारी, निर्माण व्यवसायी तथा सम्वद्ध सरोकारवालाहरुलाई समेत धन्यवाद व्यक्त गर्नुभयो। भवन निर्माण सम्पन्न भएसँगै कार्यलयको दैनिक काम कारवाही र उजुरी छानविन तथा अनुसन्धानमा सहजीकरण भई आन्तरिक कार्यसम्पादनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्दै माननीय प्रमुख आयुक्तले आयोगको सुर्खेत कार्यालयको कार्यक्षेत्रका सार्वजनिक निकायहरुबाट भ्रष्टाचार रहित र सदाचारयुक्त कार्यसम्पादनको लागि सचेतना, पूर्वसावधानी, निगरानी, छानविन तथा अनुसन्धानमूलक कार्यहरू सञ्चालन गर्न थप योगदान पुग्ने विचार समेत व्यक्त गर्नुभयो। उजुरी परेपछि आयोगले पटक-पटक जवाफ माग गर्दापनि जवाफ नदिने सम्वन्धित कार्यालय प्रमुखलाई जिम्मेवार बनाउन आयोगको कार्यविधि २०७८ ले मार्ग निर्देशन गरेको विषयमा चर्चा गर्दै सार्वजनिक निकायका अधिकारीहरूवाट संविधान तथा कानून बमोजिम आयोगलाई प्राप्त जिम्मेवारी सम्पादनमा सहयोग, ऐक्यवद्धता र साथ मिल्ने तथा आयोगले वार्षिक प्रतिवेदन मार्फत र समय समयमा विषयगत क्षेत्र सुधार सम्बन्धमा प्रदान गरेका सुझाबहरूको गंभिरतापूर्वक सम्बन्धित निकायहरूबाट संवोधन हुने विश्वास मानीय प्रमुख आयुक्तवाट व्यक्त भयो।
कार्यालय भवन उद्घाटन कार्यक्रममा बोल्दै आयोगका सचिव श्री तोयम रायाले आयोगले निष्पक्ष, निर्भिक र बस्तुनिष्ठ भई शिघ्रता र सघनताका साथ कार्य गर्ने बताउँदै आयोगका कर्मचारीले समेत ईमान्दार, अनुशासित र प्रतिवद्ध भएर काम गर्न निर्देशन दिनुभयो। सबै पक्ष, निकाय र व्यक्ति मिलेर कार्य गर्दा जिम्मेवारीसहित सुशासन पनि कायम हुने बताउँदै आयोगमा उजुरी पर्दैमा कार्य रोक्न नहुने कुरामा जोड दिनुभयो।
कर्णाली प्रदेशका प्रमुख सचिव श्री राज कुमार श्रेष्ठले उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नवनिर्मित भवन असल कार्यवातावरणको लागि उपयोगी हुने बताउदै प्रदेशस्थित सबै कार्यालयका कर्मचारीहरुले आआफ्नो जिम्मेवारीअनुसार असल नियत राखी कार्य गर्नुपर्ने कुरामा जोड समेत दिनुभयो।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै जिल्ला प्रशासन कार्यालय, सुर्खेतका प्रमुख जिल्ला अधिकारी श्री छविलाल रिजालले कर्मचारीतन्त्र जनमुखी, पारदर्शी, निष्पक्ष र परिणाममुखी हुनुपर्ने बताउनुभयो। कानुनबमोजिम ईमान्दारिताका साथ काम गर्नुपर्ने विचार राख्दै वहाँले मालपोत, यातायात लगायतका कार्यालयहरुमा पछिल्लो समय गरिएको सुधारले नेतृत्चले उदाहरणीय कार्य गर्न सके समग्रमा सार्वजनिक प्रशासन र सेवा प्रवाह नै असल हुने समेत बताउनुभयो।
कार्यक्रममा आयोगको कार्यालय, सुर्खेतका निमित्त कार्यालय प्रमुख श्री भेषराज रिजालले स्वागत मन्तव्य राख्नुभएको थियो भने शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन ईकाई, सुर्खेतका आयोजना प्रमुख श्री अम्मर थापाले नवनिर्मित भवनको प्राविधिक पक्षको विषयमा जानकारी गराउनु भएको थियो । माननीय प्रमुख आयुक्तको प्रमुख आतिथ्यमा सम्पन्न भएको नवनिर्मित भवनको समुद्धाटन कार्यक्रममा आयोगका सचिव श्री तोयम राया, कर्णाली प्रदेशका प्रमुख सचिव श्री राज कुमार श्रेष्ठ, प्रदेश मन्त्रालय/सचिवालय/आयोगका सचिवहरु, सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रदेशस्थित विभिन्न कार्यालयका कार्यालय प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते !
काठमाडाैं । हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा: सिएमसी नेपाल
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...












