रक्षाध्यक्ष रावत चिन्ताजनक अवस्थामा अस्पताल भर्ना, ११ जनाको शव भेटियो
काठमाडौं । रक्षाध्यक्ष बिपिन रावतसहित भारतीय सेनाका १४ जना सैनिक अधिकारीलाई लिएर उडेको एमआइ-१७ हेलिकोप्टर आज तामिलनाडुमा दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको र उनीहरुको शवलाई जलेको अवस्थामा फेला पारिएको भारतीय संचारमाध्यमले जनाएका छन् । जनरल रावतलाई गम्भीर अस्पतालमा वेलिङटनस्थित सैनिक अस्पतालमा लगिएको छ ।
रावतको स्थितीबारे औपचारिक जानकारी दिन भारतीय रक्षामन्त्री राजनाथ सिंहले केहीबेरमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् । तर, संचारमाध्यमले चाहिँ रावत गम्भीररुपमा घाइते भएको विवरण प्रेषित गरेका छन् ।
हेलिकोप्टर घटनाबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई ब्रिफिङ गरिएको छ । हेलिकोप्टरमा रावतसहित उनकी पत्नी मधुलिकासहित अन्य सैनिक अधिकारी सवार थिए ।
समाचार एजेन्सी एनीका अनुसार उक्त हेलिकोप्टर सुलूर एयरबेसबाट वेलिङट्नतर्फ जाँदै थियो । दिउँसो १२ बजेर २० मिनेटमा हेलिकोप्टर क्र्यास भएको हो । घटनास्थलमा भेटिएका शवलाई सनाखत गर्ने कार्य चलिरहेको छ । ८५ प्रतिशत जलेर नष्ट भएकाले शवलाई सनाखत गर्न चिकित्सकको टोलीले प्रयास गरिरहेका छन् ।
सन् २०१५ को फेब्रुअरी ३ मा पनि रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो । त्यतिबेला नागाल्यान्डको दीमापुरमा हेलिकोप्टर क्र्यास भएको थियो । एक महिना नबित्दै भारतीय सेनाको यो हेलिकोप्टर क्र्यास भएको हो । नोभेम्बर १९ मा अरुणाञ्चल प्रदेशमा पनि सवार १२ जनाको मृत्यु भएको थियो ।
Comments
अरु समाचार
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












