कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकअघि सभामुखले कार्यव्यवस्थाको बैठक बोलाएका हुन् । बिहान ११ः३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुखको सचिवालयले जनाएको छ ।
बैठकमा संसद्को कार्यसूचीलगायत विषयमा छलफल हुने सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
सभामुखले आवश्यक ठानेको अवस्थामा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने व्यवस्था छ । समितिमा सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मालिमामन्त्री, प्रमुख प्रतिपक्षीसहित विभिन्न दलका प्रमुख सचेतकको सहभागिता रहन्छ । समितिमा बैठकको कार्यसूची, आगामी बैठकलगायत विषयमा छलफल हुनेछ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को निरन्तरको अवरोधका कारण संसद्को काम–कारबाही प्रभावित हुँदै आएको छ । एमालेले आफूले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना टाँस नभएसम्म बैठक अवरुद्ध पार्ने जनाउँदै आएको छ ।
Comments
अरु समाचार
-
प्रेस चौतारीको दशौं महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा
काठमाडौं । प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा गर्ने निर्णय भएको छ । बुधबार...
-
हिमाललाई नजिकबाट नियाल्ने गन्तव्य कपुचे ताल
काठमाडौं । आँखै अगाडि ड्वाङड्वाङ आवाजसहित हिउँ पहिरो झर्ने कास्कीको मादी गाउँपालिका वडा नं १ स्थित कपुचे ताल नजिकबाट हिमाललाई...
-
मलाई गरिएको कारबाही विधानसम्मत छैनः नेता डा रावल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वनेता डा भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान,...
-
नेप्सेमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव...
-
एमालेबाट निस्कासित भिम रावलले गरेको पत्रकार सम्मेलन (पूर्णपाठ सहित)
काठमाडौं । एमालेबाट निष्कासित भएपछि बुधबार पत्रकार सम्मेलन आयोजना गरी भीम रावलले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेका छन् । उनले...
-
पूर्व राष्ट्रपति जिमी कार्टरको अन्त्येष्टिमा ट्रम्प सहभागी हुने
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित रिपब्लिकन नेता डोनाल्ड ट्रम्प हालै दिवङ्गत भएका अमेरकी पूर्व राष्ट्रपति जिमी कार्टरको अन्त्येष्टि समारोहमा सहभागी...
-
सरकारले एक वर्षभित्र एक लाख भूमिहीनलाई लालपूर्जा दिने
काठमाडौं । सरकारले आगामी एक वर्षभित्र करिब एक लाख भूमिहीनलाई लाल पुर्जा वितरण गर्ने जनाएको छ । प्रतिनिधि सभाअन्तर्गतको कृषि,...
-
नेपालमा होटल तथा रेस्टुराँको सङ्ख्या एक लाख ४२ हजार
काठमाडौं । नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको सङ्ख्या करिब डेढ लाख हाराहारी देखिएको छ ।...
-
भारत लैजाँदै गरेको १५५ किलो गाँजा बरामद
काठमाडौं । नेपाल प्रहरीले भारत लैजाँदै गरेको १५५ किलो गाँजा बरामद भएको छ । गाँजासहित दुई जना पक्राउ पनि परेका...