क्यानको प्रस्तावः कप्तान परिवर्तनको निर्णय यथावत, अरु कारवाही फिर्ता
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) असन्तुष्ट खलाडीहरुको माग सम्वोधनका विषयमा केही लचक बनेको छ ।
खेलाडीहरुसँगको अनौपचारिक संवादमा क्यानले कप्तान परिवर्तनको निर्णय यथावत राखेर अरु कारवाही फिर्ता गर्ने प्रस्ताव राखेको स्रोतले बतायो ।
ग्रेडिङका विषयमा असन्तुष्टि जनाउँदै मिडियामा बोलेका ४ खेलाडीहरुलाई क्यानले कारवाही गरेको थियो । ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर सन्दिप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरिएको छ । यस्तै, दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाइएको छ । उनीहरुसहित चार खेलाडीलाई ६ महिनासम्म सेन्ट्रल कन्ट्राक्टबाट बाहिर राख्ने क्यानको निर्णय छ ।
यस्तो कारवाहीलाई लिएर सामाजिक सञ्जालमा आलोचना र राजनीतिक दवावसमेत परेपछि क्यान पुनर्विचारका लागि तयार भएको हो ।
स्रोतका अनुसार क्यान चार खेलाडीहरुलाई सेन्ट्रल कन्ट्राक्टबाट बाहिर राख्ने निर्णय फिर्ता लिन तयार भएको छ । यस्तै खेलाडीहरुको ग्रेडिङलाई लिएर उत्पन्न भएका असन्तुष्टी सम्वोधन गर्ने आश्वासन पनि क्यानका पदाधिकारीहरुले दिएका छन् । तर, कप्तान र उपकप्तान हटाउने निर्णय फिर्ता लिन भने क्यान तयार छैन ।
स्रोतले भन्यो, ‘कप्तान हटाइएको मात्र नभइ नयाँ कप्तानसमेत नियुक्त गरेर त्यसको जानकारी आईसीसीलाई गराइसकिएको छ । त्यसैले यो निर्णय फिर्ता हुन सजिलो छैन ।’
खेलाडीहरुले भने क्यानका सबै कारवाही फिर्ता हुनुपर्ने अडान राखेका छन् । राष्ट्रिय टिमका धेरै खेलाडीहरु ज्ञानेन्द्र र दीपेन्द्रलाई नै निरन्तरता दिनुपर्ने पक्षमा छन् । यसैगरी राजनीतिक तहबाट पनि क्यानलाई निर्णय फिर्ता लिन दवाव परेको छ ।
क्यान र खेलाडीबीचको विवादका कारण हिजोबाट सुरु हुनुपर्ने बन्द प्रशिक्षण हुन सकेन । नयाँ प्रशिक्षक पुबुदु दासानायके नेपाल आएपछि प्रशिक्षण सुरु हुने क्यानले जनाएको छ ।
Comments
अरु समाचार
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...
-
पश्चिमी प्रभावले देशका विभिन्न भागमा वर्षा हुने
काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा...
-
संखुवासभामा ४ रेक्टर स्केलको भूकम्प
संखुवासभा । संखुवासभा जिल्लाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति...












