उदयपुर सिमेन्टले लक्ष्य नाघ्यो
उदयपुर । सरकारको पूर्ण स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योगले लक्ष्यभन्दा बढी उत्पादन र बिक्री गरेको छ। चालू आवको ५ महिनामा ४४ हजार ५ सय मेट्रिकटन क्लिंकर उत्पादन गर्ने लक्ष्य रहेकोमा ५२ हजार ४ सय ४० मेट्रिकटन उत्पादन गरेको गरेको छ।
६ लाख ५ हजार ८ सय ७९ बोरा बिक्री गर्ने लक्ष्य उद्योगले लिएको थियो। तर ६ लाख २६ हजार ३ सय ६० बोरा बिक्री भएको महाप्रबन्धक गोपी न्यौपानेले बताए। हिउँद र क्लिनसेल फेर्ने बेलासमेत बजारमा सिमेन्ट अभाव हुन नदिने गरी काम भइरहेको न्यौपाने बताउँछन्।
‘मंसिरमा १५ हजार १० मेट्रिकटन क्लिंकर उत्पादन गर्न सफल भयौं। यो चालू आवको सबैभन्दा बढी हो,’ न्यौपानेले भने। बिक्री विभाग प्रमुख रामबहादुर जीसीका अनुसार यहाँबाट उत्पादित गैंडा छाप सिमेन्ट गुणस्तरीय छ। साउनमा ९ हजार ५, भदौमा १२ हजार १०, असोजमा ६ हजार ४ सय २०, कात्तिकमा १० हजार १० मेट्रिकटन क्लिंकर उत्पादन भएको छ।
असोजबाहेक सबै महिनामा लक्ष्यभन्दा बढी क्लिंकर उत्पादन भएको उद्योगको तथ्यांकले देखाएको छ। मंसिरमा १० हजार ५ सय ३४ मेट्रिकटन उत्पादन र १ लाख ९२ हजार ६ सय १५ बोरा बिक्री भएको छ।
हिउँदमा माग ह्वात्तै बढ्ने भएकाले त्यसलाई लक्षित गरी तयारी थालिएको महाप्रबन्धक न्यौपानेले बताए। उत्पादन क्षमता दैनिक ८ सय मेट्रिकटन छ। कुशल नेतृत्व नहुँदा धराशायी बनेपछि मन्त्रालयले निजीकरणको प्रस्ताव अघि सारेको थियो। तर, मजदुरको चर्को दबाबपछि निजीकरण हुनबाट जोगिएको थियो। अनियमितता र कार्यकर्ता भर्ती केन्द्रको अखडा बनेको उद्योग सुधार हँुदै गएको कर्मचारी बताउँछन्।
मन्त्रालयले ऋण सहयोग दिनासाथ क्षमता विस्तार गरिने न्यौपानेले बताए। कबाडी सामानबाट उद्योगले ५ करोड ४९ लाख आम्दानी गरेको छ। २५ वर्षदेखि यत्रतत्र छरिएका कबाडी सामान लिलाम बिक्री गरी ठूलो रकम भिœयाएका हौं।’
उपदान कोषमा १० करोड
कर्मचारीले उपदानका लागि सिमेन्ट बिक्रीको समय कुर्नु नपर्ने भएको छ। यसका लागि उद्योगले भर्खरै १० करोडको उपदान कोष स्थापना गरेको छ।
सेवानिवृत्त कर्मचारीलाई कोषबाटै भुक्तानी दिन थालेको उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले बताए। २०७७ माघपछि अवकाश प्राप्त कर्मचारीलाई यही महिनाको अन्तिमदेखि भुक्तानी प्रक्रिया अघि बढाइएको छ। उद्योगले इँटा झरिरहने समस्यालाई समाधान गर्न क्लिन सेल फेर्ने तयारी गरेको छ।
क्लिन सेल भारतको सिम्प्लेक्स कम्पनीले उत्पादन गरिरहेको छ। चैतभित्र जडान गरिसक्ने योजना छ। क्लिन सेलको जोइनिङमा देखिएको समस्यालाई मर्मत गरि उत्पादनलाई नियमित गरिएको उनले बताए। महाप्रबन्धक न्यौपानेले विदेशी लगानी जुटाउन अध्ययनसमेत सुरु गरेका छन्।
११ महिनाअघि जिम्मेवारी सम्हालेका न्यौपानेका लागि उद्योगभित्रको भ्रष्टाचार र विकृति निकै चुनौती थियो। पार्टपुर्जा खरिद र मजदुर युनियनका नाममा हुने बेथितिले थिचिएको थियो। तर, अहिले उद्योगको सुशासनमा निकै सुधार गर्दै लगेका छन्। २०४४ सालमा स्थापित उद्योग कम्पनी रजिस्ट्रारको कार्यालयमा अध्यावधिकसम्म थिएन।
१४ वर्षदेखि साधारणसभा हुन सकेको थिएन। महाप्रबन्धक न्यौपानले उद्योग अध्यावधिक गरेका छन्। लिलाम भएको दुई कट्ठा १७ धुरसमेत ३३ बिघा जग्गा फुकुवा गरी सबै जग्गा हालसाबिक गरिएको बिक्री विभाग प्रमुख जीसीले बताए।
Comments
अरु समाचार
-
चीनमा नेपालसहित चार देशका महिलाको सहभागितामा विशेष सेमिनार, साइन्स-टेक र डिजिटल उद्यमशीलतासम्बन्धी विशेष छलफल
काठमाडौं। चीनको राजधानी बेइजिङमा नेपालसहित चारदेशका महिला प्रतिनिधि सहभागी "सेमिनार अन साइन्स टेक इम्पावरमेन्ट एन्ड डिजिटल अन्टरप्रनरशीप फर वुमन" जारी...
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
अछाममा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, तीन घाइते
अछाम, जेठ १६ गते । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको...
-
इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुन्छ: ट्रम्प
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने बताउनुभएको...
-
मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु...
-
विदेशी मुद्राको विनिमयदर: आज कुन देशको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी...












