‘बाँके जिल्लाको कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइ दिन अध्यक्षमा मेरो उमेद्वारी’: युवा नेता बिसी
काठमाडाैँ । नेकपा एमालेका युवा नेता डिल्ली बिसीले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी पार्टी निर्माणका लागि भएको बताएका छन्।
एमाले बाँकेको आसन्न आठौं अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका बिसीले उम्मेदवारी बारे प्रतिक्रिया दिँदै भने, ‘अध्यक्ष पदको मेरो उम्मेदवारी अन्य कुनै पदको बार्गेनिङका लागि होइन। पार्टी निर्माणका लागि मैले यही पुस २३ गते हुने आठौं जिल्ला अधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु।’
अग्रज र समक्षीको साथ र सहयोगमा आफूले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको भन्दै अध्यक्षका उम्मेदवारी युवा नेता बिसीले पार्टीलाई सशक्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताए। पछिल्लो समय पार्टीमा बैचारिक नेतृत्वको खडेरी परेको भन्दै कार्यकर्ता पंतिले आफूलाई पार्टी नेतृत्वका लागि अगाडि सारेको उनले बताए। कार्यकर्ताहरुको मनोभावना अनुसार आफूले उम्मेदवारी घोषणा नेता बिसीको भनाई छ।
‘पार्टीमा बैचारिक नेतृत्वको खडेरी पर्यो, जिल्ला नेतृत्वमा तपाईँ अगाडि सर्नुहोस् भनेर बारम्बार कार्यकर्ता पंतिले आग्रह गरेपछि उहाँहरुको मनोभावना अनुसार मैले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ। कार्यकर्ताहरुबाट राम्रो प्रतिक्रिया आइरहेका छन्’, अध्यक्षका उम्मेदवार बिसीले भने, ‘अग्रज र अनुजको सहयोग र हौसलाबाट म जिल्ला नेतृत्वमा पुग्ने हो। त्यसैले मेरो उम्मेदवारीका पछाडि अग्रज नेताहरुको हात र साथ रहेको छ भने समकालिन र पछिल्लो पुस्ताका नेता कार्यकर्ताहरुको मतले नै म जिल्ला नेतृत्वमा पुग्ने हुँदा मरो उम्मेदवारीमा अग्रज र अनुजहरु दुवैको साथ र सहयोग रहेको छ।’
बाँकेको कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउन वैचारिक र सफल नेतृत्व आजको आवश्यकता भएको भन्दै उनले आफूले पार्टी नेतृत्वमा दावी गरेको बताए। ‘बाँकेको कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्याउन मैले आसन्न आठौं जिल्ला अधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेको छु’, उनले भने, ‘जहिले पनि पार्टी हीतमा सोचियो। कुनै अवसर र नियुक्तिको पछाडि दौडिएन। पार्टी निर्माणका लागि हिजोदेखि आजसम्म कटिबद्ध भएर लागियो। पार्टी अध्यक्ष केपी ओलीको बिचार र राष्टिय संकल्पलाई साकार बनाउन मेरो उम्मेदवारी रहेकाले यही आउँदो पुस २३ गते हुने आठौं अधिवेशनमार्फत् पार्टी नेतृत्व गर्ने गरी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु। हर तरहले मलाई सहयोग गरिदिनुहोला।’
Comments
अरु समाचार
-
हर्क साम्पाङले मागे प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा
काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह संसदप्रति गैरजिम्मेवार बनेको आरोप...
-
वालेन्द्रको अटेरीमा रास्वपाका दुई शब्दः परिवर्तन र क्रमभंगता, कहिलेसम्म टिक्ला यस्तो चर्तिकला ?
काठमाडौं । अघिल्लो संसद्मा प्रधानमन्त्री उपस्थित नभएको विषयलाई लिएर संसद अवरुद्ध पार्ने प्रमुख दलमध्ये एक थियो राष्ट्रिय स्वतन्त्र पार्टी। तत्कालीन...
-
पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न सरकारले बनायो समिति
काठमाडौं । सरकारले तत्कालीन गृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति...
-
एमाले सचिवालय बैठक शनिबार बस्दै
काठमाडौँ । नेकपा एमाले को सचिवालय बैठक शनिबार बस्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली को स्वास्थ्य अवस्थालाई ध्यानमा...
-
जडीबुटी प्रशोधनको आवरणमा ‘प्रकृतिको अवैध दोहन’
काठमाडौं। नेपालको पहाडी र हिमाली भेगका जडीबुटीलाई आर्थिक समृद्धिको आधार मानिन्छ। तर, यही समृद्धिको नारालाई ढाल बनाएर केही विदेशी लगानीकर्ता...
-
संसदमा उठेका प्रश्नको जवाफ वालेन्द्रले नदिने, वाग्लेलाई जिम्मा दिएपछि के गर्लान प्रतिपक्षी दल?
काठमाडौं । सङ्घीय संसद्मा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहँदा आजको बैठकका लागि अर्थमन्त्री डा. स्वर्णिम...
-
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
काठमाडौं । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने भएको छ ।...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...












