नेपाल प्रहरीका २६ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका २६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ ।
नेपाल सरकार, गृह मन्त्रालय (मन्त्रीस्तर)को बिहीबार साँझ बसेको बैठकले एकैपटक २६ एसएसपीको सरुवा गरेको हो ।
एसएसपीको सरुवासँगै महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरीय अपराध महाशाखाको प्रमुख फेरिएका छन् । ट्राफिक महाशाखामा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान महाशाखामा कार्यरत उमेशराज जोशी र अपराध महाशाखामा प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरलाई सरुवा गरिएको हो ।
यसअघि, ट्राफिक महाशाखामा कार्यरत जनक भट्टराईलाई नेपाल प्रहरी प्रदेश कार्यालय रुपन्देही र अपराध महाशाखामा कार्यरत चन्द्रकुवेर खापुङलाई अपराध अनुसन्धान महाशाखा नक्साल सरुवा गरिएको प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागले जनाएको छ ।
यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा प्रहरी प्रधान कार्यालय महिला तथा ज्येष्ठ नागरिक सेवा महाशाखामा कार्यरत भीमप्रसाद ढकाललाई सरुवा गरिएको छ । विमानस्थलमा कार्यरत राजेशनाथ बाँस्तोलालाई भने प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस्तै, प्रदेश कार्यालय, तालिम केन्द्रमा कार्यरत एसएसपीको पनि सरुवा गरिएको छ । रासस
सूची हेर्नोस्–
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...
-
पश्चिमी प्रभावले देशका विभिन्न भागमा वर्षा हुने
काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा...












