चिनियाँ पत्रकारको नजरमा नेपाल ‘मेन्ड अर एन्ड’ सार्वजनिक
काठमाडाैँ । सिन्ह्वा समाचार संस्थाका काठमाडौँ ब्युरो प्रमुख चाउ सेङपिङको एक दशकको नेपाल बसाइलाई समेटेर गैरकाल्पनिक एवं यथार्थपरक पुस्तक ‘मेन्ड अर एन्ड’ चिनियाँ पत्रकारको नजरमा नेपाल’ पुस्तक बजारमा आएको छ ।
कोरोना महामारीका कारण औपचारिक विमोचन बिना गत आइतबारदेखि नेपाली संस्करणका साथ बजारमा आएको उक्त पुस्तक चीन तथा चिनियाँ नजरबाट आफ्नो देशलाई हेर्ने दृष्टिकोण थाहा पाउन् भन्ने उद्देश्यले नेपाली जनताको लागि नेपाली संस्करणमा पनि प्रकाशन गरेको पत्रकार चाउले बताएका छन् ।
पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, काठमान्डौ स्कुल अफ ल का प्राध्यापक युवराज सङ्ग्रौलाले प्राक्कथन लेखेको रु.३५० मूल्यको रोचक पुस्तक जनता प्रकाशनले छापेको हो । राजनीति, अर्थतन्त्र, संस्कृति र शिक्षा, समाज र वातावरण तथा यात्रा र पर्यटन पाँच भागमा विभक्त २४० पृष्ठको नेपाली संस्करणमा ४३ वर्षीय लेखकले राष्ट्रिय र अन्तर्राष्ट्रिय संचारमाध्यममा प्रकाशित भएका विभिन्न लेखहरुको माध्यमद्वारा आफ्नो नीजि अनुभव र अन्य घटनाहरुलाई सार्वजनिक गरेका छन् ।
चीनले अघि सारेको महात्वाकाङ्क्षी विकास परियोजना बिआरआइ र अमेरिकी अनुदान सहयोग एमसीसी सम्झौताजस्ता मुद्दाहरूलाई पनि उधिन्ने प्रयास गर्नाका साथै पत्रकार चाउले नेपालको भू–राजनीतिक सम्बन्धलाई आफ्नो देश चीन, दक्षिणी छिमेकी भारत र अमेरिकालाई बीचमा राखेर विश्लेषण गर्ने प्रयास गरेका छन् ।
नेपाली राजनीति, भू–राजनीति र कुटनीति बाहेक लेखकले नेपालको अर्थतन्त्र, यसको असफलता र सफलताको सम्भावनाबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन् भने सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफीङको ऐतिहासिक नेपाल भ्रमण लगत्तै चीन – नेपाल सम्बन्ध रणनीतिक साझेदारीको स्तरमा प्रवेश गरेपछिका विभिन्न पक्षलाई पनि लेखकले पुस्तकमा समेटेका छन् ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












