नेपाल भ्रष्टाचारव्याप्त मुलुककै श्रेणीमा, ३३ अंकसहित ११७औँ स्थानमा
काठमाडाैँ । भ्रष्टाचारसम्बन्धी सूचकांक निकाल्ने ट्रान्सपरेन्सी इन्टरनेसनलले गत वर्ष (सन् २०२१) मा संसारभरका देशहरूको भ्रष्टाचारको स्थितिको सूचकांक सार्वजनिक गरेको छ । जसअनुसार नेपाल बढी भ्रष्टाचार हुने मुलुकमा दर्ज भएको छ । ट्रान्सपरेन्सीले सार्वजनिक गरेको सूचकांकअनुसार गत वर्ष भ्रष्टाचारमा नेपालले ३३ अंक पाएको छ । कम भ्रष्टाचार हुने मुलुकको क्रमशः तथ्यांक जारी गर्दा ट्रान्सपरेन्सीले नेपाललाई ११७औँ स्थानमा दर्ज गरेको छ । गत वर्ष पनि नेपालको स्थान यति नै थियो । यसको अर्थ नेपालको भ्रष्टाचार अवस्था नसुध्रिएको ट्रान्सपरेन्सीले जनाएको छ ।
‘गत वर्ष पनि यस सूचीमा नेपालको अंक ३३ (११७औँ स्थान) नै रहेको थियो,’ ट्रान्सपरेन्सीले भनेको छ, ‘यसअनुसार नेपाल भ्रष्टाचारव्याप्त मुलुकहरूको श्रेणीमै रहेको छ ।’ अघिलो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रूपमा लिन सकिने संस्थाले जनाएको छ । ट्रान्सपरेन्सीले एक सय ८० देशको भ्रष्टाचारको अवस्था अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।
५० भन्दा कम अंक पाउनेलाई ट्रान्सपरेन्सीले बढी भ्रष्टाचार हुने मुलुक मान्छ । २०२१ मा दुईतिहाइ मुलुकले ५० भन्दा कम अंक पाई बढी भ्रष्टाचार हुने मुलुकका रूपमा रहेका जनाइएको छ । यस वर्षको औसत स्कोर ४३ छ । त्यसभन्दा कम अंक पाउनेलाई अति भ्रष्टाचार हुने मुलुकका रूपमा लिइन्छ । यही अंकका आधारमा ‘ र्यांक’ निकालिन्छ ।
डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्डमा सबैभन्दा कम भ्रष्टाचार, दक्षिण सुडान सबैभन्दा बढी भ्रष्ट
सूचकांकअनुसार गत वर्ष डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा सूचीकृत भएका छन् । ती मुलुकले सयमा ८८ अंक पाएका छन् । त्यस्तै सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दक्षिण सुडान रहेको छ । ११ अंकसहित उक्त देश १८०औँ स्थानमा छ ।
सार्क मुलुकमा भुटानमा सबैभन्दा कम भ्रष्टाचार
सिपिआई २०२१ मा दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटान सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा छ । भुटानले ६८ अंक प्राप्त गरी २५औँ स्थानमा छ । त्यस्तै, माल्दिभ्स ४० अंकसहित ८५औँ, भारत ४० अंकसहित ८५औँ, श्रीलंक ३७ अंकसहित १०२औँ स्थानमा छ । पाकिस्तान २८ अंकसहित १४०औँ र बंगलादेश २६ अंकसहित १४७औँ स्थानमा छ । सार्कमा सबैभन्दा बढी भ्रष्टाचार भुटानमा रहेको ट्रान्सपरेन्सीले औँल्याएको छ । अफगानिस्तान १६ अंक प्राप्त गरी १७४औँ स्थानमा छ ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











