भिजिट भिसाबाट उत्पन्न हुने समस्याबारे अध्ययन गर्न समिति गठन
काठमाडाैँ । गृह मन्त्रालयले भिजिट भिसा र त्यसबाट उत्पन्न हुने समस्याबारे अध्ययन गर्न समिति बनाएको छ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा भिजिट भिसामा खाडी मुलुक गएर कठिनाइ भोगिरहेको सन्दर्भको विश्लेषण तथा भिसाबाट उत्पन्न समस्याबारे अध्ययन गर्न समिति गठन भएको हो।
बुधबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै समिति गठन भएको जानकारी दिएको हो।
‘नेपाली युवाहरू भिजिट भिसा प्रयोग गरी दुबई लगायतका खाडी मुलुकमा गई विभिन्न कठिनाइ भोगिरहेको सन्दर्भको विश्लेषण गरी भिजिट भिसा र सोबाट सृजित समस्याको विषयमा अध्ययन गरी कार्यान्वयनको ठोस योजना पेस गर्न गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा समिति गठन गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।
समितिलाई भिसा उपलब्ध गराउन मापदण्ड बनाउन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवगमन सहजीकरण, अध्यागमन प्रणाली सुधार अन्तर्राष्ट्रिय उडान तालिका सुधार, ट्रान्जिटमा यात्रुहरूको व्यवस्थापन गर्न सुझावसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।
त्यस्तै, श्रमिकहरू विदेशमा रहँदा भोगेका समस्या समाधान गर्ने लगायतका विषयमा पनि सुझाव सहितको प्रतिवेदन पेश गर्न भनिएको छ।
प्रतिवेदन १५ दिनभित्र पेस गर्न भनिएको छ।
उक्त समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल प्रहरी, अध्यागमन विभाग तथा वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड समेतका प्रतिनिधि छन्।
यसअघि मंगलबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा श्रम गन्तव्य मुलुकहरूमा समस्यामा परेका श्रमिकहरू, भिजिट भिसामा गई यात्रु अलपत्र पर्ने, अध्यागमन प्रणाली सुधार, अन्तर्राष्ट्रिय विमानस्थलको संरचनात्मक सुधार तथा व्यवस्थापनलगयात विषयमा सरोकारवालाहरूसँग बैठक बसेको थियो।
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...











