एमसीसी र चुनावबारे गठबन्धनका तीन शीर्ष नेताबीच छलफल
काठमाडौं । अमेरिकी सहयोग परियोजना(एमसिसी) संसदमा प्रस्तुत गर्ने चर्चा चलिरहेका बेला सत्तारूढ गठबन्धनका तीन शीर्ष नेता प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बालुवाटारमा छलफल भएको छ ।
छलफलमा तीन नेताहरूबीच स्थानीय तहको चुनाव र एमसिसीबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । यसअघि पाँच दलीय सत्ता गठबन्धनबीच संसदको अर्को बैठकमा एमसिसी टेबल गर्न सहमति भइसकेको छ ।
बैठकमा सहभागी सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गत शनिबार एमसिसीबारे छलफल गर्न गठित तीन सदस्यीय कार्यदलले गठबन्धन दलका शीर्षनेताहरूलाई ब्रिफिङ गरेपछि एमसिसी टेबल गर्नेबारे सहमति भएको बताए । कार्की कार्यदलका सदस्यसमेत हुन् । उनले हालका लागि एमसिसी मुद्धालाई बिथोलिन नदिनका लागि गठबन्धन दलहरु सहमत रहेको खुलाए ।
कार्यदलमा मन्त्री कार्कीसहित नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ सदस्य छन् ।
Comments
अरु समाचार
-
चीनमा नेपालसहित चार देशका महिलाको सहभागितामा विशेष सेमिनार, साइन्स-टेक र डिजिटल उद्यमशीलतासम्बन्धी विशेष छलफल
काठमाडौं। चीनको राजधानी बेइजिङमा नेपालसहित चारदेशका महिला प्रतिनिधि सहभागी "सेमिनार अन साइन्स टेक इम्पावरमेन्ट एन्ड डिजिटल अन्टरप्रनरशीप फर वुमन" जारी...
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
अछाममा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, तीन घाइते
अछाम, जेठ १६ गते । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको...
-
इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुन्छ: ट्रम्प
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने बताउनुभएको...
-
मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु...
-
विदेशी मुद्राको विनिमयदर: आज कुन देशको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी...












