प्रधानन्यायाधीशका परिवारका नाममा ३० करोड बढीको घरजग्गा रहेको भन्दै अनुसन्धान गर्न डा. केसीको पुरक निवेदन
काठमाडौैं । डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका परिवारका नाममा ३० करोड बढीको सम्पत्ति देखिएको भन्दै छानबिनका लागि आग्रह गर्दै सम्पत्ति शुद्धीकरण विभागमा पुरक निवेदन दर्ता गराएका छन् ।
उनले यसअघि पुस ११ गते सम्पत्ति शुद्धीकरण विभागमा निवेदन दिएका थिए ।
फेरि माघ १८ मा अर्को निवेदन दिँदै भनेका छन्, “चोलेन्द्र शमशेर जबराका भाइ प्रभु शमशेर जबराको नाममा गैरकानुनी असुलीलगायत अन्य अवैध स्रोतको आम्दानीबाट २०७६ मंसिर २४ मा खरिद भएको ठमेलको आठ आना घरजग्गा, २०७८ असोज २० मा गोठाटारमा साढे तीन रोपनी जग्गा समेत गरी ३० करोड रुपैयाँभन्दा बढी मूल्यका घरजग्गाहरु रहेको तथ्य अवगत हुन आएको हुँदा सो सम्बन्धमा र निजको परिवारका सदस्यहरु, नातेदार तथा भ्रष्ट गिरोहमा आवद्ध सदस्यहरुका सम्बन्धमा समेत छानबिन गर्न, तत्काल सम्पत्ति रोक्का राखी गम्भीरतापूर्वक अनुसन्धान गर्न तथा अवैध सम्पत्ति जफत गरी दोषीलाई कानुन बमोजिम हदैसम्मको सजाय गर्ने सम्बन्धमा आवश्यक कारवाही गर्न अनुरोध गरिन्छ ।”
Comments
अरु समाचार
-
चीनमा नेपालसहित चार देशका महिलाको सहभागितामा विशेष सेमिनार, साइन्स-टेक र डिजिटल उद्यमशीलतासम्बन्धी विशेष छलफल
काठमाडौं। चीनको राजधानी बेइजिङमा नेपालसहित चारदेशका महिला प्रतिनिधि सहभागी "सेमिनार अन साइन्स टेक इम्पावरमेन्ट एन्ड डिजिटल अन्टरप्रनरशीप फर वुमन" जारी...
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
अछाममा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, तीन घाइते
अछाम, जेठ १६ गते । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको...
-
इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुन्छ: ट्रम्प
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने बताउनुभएको...
-
मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु...
-
विदेशी मुद्राको विनिमयदर: आज कुन देशको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी...












