सर्वोच्चको आदेश लिएर नागरिक उड्डयन प्राधिकरण पुगे राजकुमार क्षेत्री
काठमाडौं । सर्वोच्च अदालतको अल्पकालीन आदेश लिएर महानिर्देशक राजकुमार क्षेत्री नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयमा पुगेका छन् । तर, हाजिर गर्न नपाई फर्किएका छन् ।
सोमबार बिहान बबरमहलस्थित प्राधिकरणको प्रधान कार्यालयमा क्षेत्री एक घण्टा बढी समय बसेका थिए । भोलिदेखि पुनः कार्यालय जाने उनले बताए ।
“सर्वोच्च अदालतको अल्पकालीन आदेशपछि कार्यालयमा हाजिर हुन गएको थिएँ । तर, प्राविधिक कारणले हाजिर गर्न पाइनँ,” उनले भने, “भोलिदेखि नियमित रूपमा कार्यालयमा जानेछु ।”
सर्वोच्चको अल्पकालीन आदेशले तत्काल सेवाबाट अवकाश निर्णय स्थगित गरिदिएको छ । अदालतले दुवै पक्षलाई यही फागुन ९ गतेका लागि बोलाएको छ ।
तर, प्राधिकरणका कानुन अधिकृतले नै अदालतले जारी गरेको अल्पकालीन आदेशले महानिर्देशकको रूपमा काम गर्नु भन्ने स्पष्ट आदेश नदिएको भन्दै हाजिर गर्न नदिइएको क्षेत्रीले बताए । “उहाँहरूले अदालतको आदेशलाई अलिकति घुमाउनुभएको छ । मैले मेरो वकिलसँग सल्लाह गरेर भोलिदेखि के गर्ने भन्ने निर्णय लिन्छु,” उनले भने ।
सरकारले प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारीलाई नियुक्त गरिसकेको छ ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












