प्रधानमन्त्री देउवालाई अमेरिकी बिदेशमन्त्रीको टेलिफोन, एमसिसी र युक्रेनबारे छलफल
काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिङ्केनले नेपाली समय अनुसार मंगलबार राती टेलिफोन गरेका छन् ।
नेपालको संसदले सोमबार मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गरेकोमा खुशी व्यक्त गर्दै ब्लिङ्केनले युक्रेनमा भएको रुसी आक्रमण र कोभिड १९ पछि अर्थतन्त्र पुनरुत्थानकका बिषयमा पनि छलफल गरेका छन् । एमसिसी पारित भएको भोलिपल्ट मंगलवार उनीहरुबीच टेलिफोन कुराकानी भएका हो ।
‘बिदेशमन्त्री ब्लिङ्केनले संयुक्त राज्य अमेरिका र नेपालको कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको उल्लेख गर्दै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सँग नेपालले अघि बढ्ने निर्णयले विद्युत् प्रसारण र सडक आयोजनामार्फत् नेपाली जनताको रोजगारी, पूर्वाधार र जनजीवनमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो’ अमेरिकी बिदेश मन्त्रालयद्धारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ ।
बिदेशमन्त्री ब्लिङ्केन एमसिसी बोर्डका अध्यक्ष हुन् । नेपाल र अमेरिकाबीच कोभिड–१९ महामारीबाट अर्थतन्त्रको पुनरुत्थान प्रयासलाई बलियो बनाउन र जलवायु संकटलाई सम्बोधन गर्ने दिशामा सहकार्यमा पनि जोड दिएका छन्।
बिदेशमन्त्री ब्लिङ्केनले युक्रेनमा रूसको ‘अव्यावहारिक, अनुचित र पूर्वनियोजित आक्रमण’ भएको भन्दै राष्ट्रहरूको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता सम्बन्धी संयुक्त राष्ट्रसंघीय बडापत्रका सिद्धान्तहरूको सम्मान हुनुपर्ने विषयमा पनि चर्चा गरेका छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा युक्रेनका पक्षमा आवाज उठाउने मुलकमा नेपाल पनिछ । छिमेकी भारत तटस्थ र अर्को छिमेकी चीन रुसको कित्तामा उभिएका छन् । युक्रेनका मामिलामा नेपाल र अमेरिका एउटै कित्तामा उभिएका छन् ।
नेपालले संयुक्त राष्ट्रसंघीय महासभाको आपतकालिन विशेष शत्रमा पनि युक्रेनमाथि भएको हमलाको निन्दा गर्दै रुस र युक्रेनबीच वार्तामा जोड दिएको छ । राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृत राईले सार्वभौम मुलुकमाथिको हमला वा धम्कीको नेपालले विरोध गर्ने स्पष्ट पारेका छन् ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












