एमसिसीमा नेपालीको स्वाभिमान झुक्न दिइने छैन: मन्त्री गहतराज
काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले देशको स्वाभिमान झुक्न नदिने बताएका छन्।
काभ्रेको कोसीपूर्वमा अवस्थित चौंरीदेउराली गाउँपालिका-७ मादनकुँडारीस्थित ‘शहीद एवं बेपत्ता परिवार सम्मान एवं सालिक अनावरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) का विषयमा नेपालीको स्वाभिमान झुक्न नदिइएकोसमेत दाबी गरे।
‘एमसिसीमा नेपालीको स्वाभिमान झुक्न दिइने छैन, यदि १२ बुँदे व्याख्यात्मक टिप्पणीको बेवास्ता भए हामीले मानिहाल्नुपर्ने अवस्था रहन्न’ उनले भने।
कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकूदमन्त्री रत्न ढकालले शहीदको रगतले नयाँ नेपाल बनाउने प्रेरणा मिलेको जनाउँदै राजनीतिक स्थिरता तथा समाजवाद उन्मुख परिवर्तनको आवश्यकता औंल्याए।
सांसद गंगाबहादुर दोङले एमसिसीका विषयमा सकारात्मक पहलबाट देश विभाजन हुनबाट जोगिएको धाराणा राखे।
पूर्वराज्यमन्त्री सूर्यमान दोङले एमसिसीलाई आधार बनाई संविधानमाथि गर्न खोजिएको आक्रमण सुझबुझपूर्ण ढंगले टारिएको बताए।
सो अवसरमा नेकपा (एकीकृत समाजवादी) का प्रदेश सदस्य लोकबहादुर गौतम, नेकपा (माओवादी केन्द्र) को काभ्रेपलाञ्चोक अध्यक्ष रुकु चौलागाईं, चौंरीदेउराली गाउँपालिका अध्यक्ष दिननाथ गौतम, रामेछापको सुनापति गाउँपालिका अध्यक्ष दावा लामा, चौंरीदेउराली गाउँपालिका–३ का वडाध्यक्ष विनोद घिसिङ र ७ का वडाध्यक्ष वीरबल लामा लगायतले शहीदको योगदानबारे चर्चा गरेका थिए।
Comments
अरु समाचार
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...
-
पश्चिमी प्रभावले देशका विभिन्न भागमा वर्षा हुने
काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा...
-
संखुवासभामा ४ रेक्टर स्केलको भूकम्प
संखुवासभा । संखुवासभा जिल्लाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति...












