माओवादी अध्यक्ष प्रचण्ड आज सिन्धुली आउँदै
सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिन्धुली आउने भएका छन्।
नेकपा माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन र एक विद्यालयको भवन उद्घाटन गर्नका लागि अध्यक्ष प्रचण्ड र शिक्षामन्त्री देवेन्द्र पौडेल सिन्धुली आउन लागेका हुन्।
कमलामाई नगरपालिका–४ ढुङ्ग्रेवास दोभानटारमा रहेको सिन्धुली विद्याश्रम सार्वजनिक शैक्षिक गुठीको नवनिर्मित दुई वटा विद्यालय भवन उद्घाटनका लागि प्रचण्ड आज दिउँसो १ बजे सिन्धुली आई पुग्ने नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेलले जानकारी दिए।
गजुरेलका अनुसार भवन उद्घाटन पछि सिन्धुलीका उद्योगी व्यापारीसँग अध्यक्ष प्रचण्डले आज नै भेटघाट गर्ने कार्यक्रम रहेको छ। आज अपरान्ह ४ बजेपछि सिन्धुली उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीसहित जिल्लाका उद्योगी व्यवसायीहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको गजुरेलले बताए।
अध्यक्ष प्रचण्ड र शिक्षामन्त्री पौडेलले आज नै कमलामाई नगरपालिका –६ नुनथलामा रहेको सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटको पनि अवलोकन गर्ने कार्यक्रम रहेको गजुरेलले बताए। अध्यक्ष प्रचण्ड आज बेलुका सिन्धुलीमाढी नै बस्नेछन्।
अध्यक्ष प्रचण्डले भोलि नेकपा माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, सर्मथकहरुबाट आर्थिक सहयोग जुटाएर नेकपा माओवादी केन्द्र सिन्धुलीको चार तलाको पार्टी कार्यालय भवन निर्माण सम्पन्न भएको छ। तिन करोडको लागतमा चार तले पार्टी कार्यालय निर्माण सम्पन्न गरिएको माओवादी केन्द्र सिन्धुलीले जनाएको छ। भवन उद्घाटन अघि विहान पार्टी निकट कर्मचारी संघठनको जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको गजुरलेको भनाइ छ।
सिन्धुलीका कार्यक्रम सकेर अध्यक्ष प्रचण्ड शनिबार काठमाण्डौं फर्कने छन्। स्थानिय तहको निर्वाचन नजिकिदै गएका बेला अध्यक्ष प्रचण्डको देश दौडाहा तिव्र बनेको छ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












