इप्पानले गर्यो भारतसँग भएको सहमतिको स्वागत
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दुई देशबीच भएका जलविद्युत, ऊर्जा र जलस्रोतसम्बन्धी सहमतिको स्वागत गरेको छ ।
प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा भारतले नेपालको जगेडा बिजुली खरिद गर्ने, नेपालको बिजुली बंगलादेशसम्म जान दिने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) द्रुतगतिमा बनाउन निर्देशन दिने, जलस्रोत र जलविद्युत्का मामिलामा आपसी सम्मान र आपसी सहमति कायम गर्ने सहमति भएकोप्रति इपानले स्वागत गरेको हो ।
‘दुई देशबीचका कार्यकारी प्रमुखबीच भएको सहमति नेपालको समग्र ऊर्जा क्षेत्रको विकासमा ऐतिहासिक फड्को भएको इप्पानको ठहर छ,’ इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले आज जारी गरेको विज्ञप्तिमा छ ।
प्रधानमन्त्री देउवाले गत चैत १८ देखि २० गतेसम्म भारत भ्रमण गरेका थिए । यस्तो सहमतिले दुवै देशहरूले उर्जाको सहज उपभोग गर्ने आधार निर्माण भएको इपानले जनाएको छ । ‘सहमतिले दुबै देशले अर्थतन्त्रको द्रुत विकास गर्दै आर्थिक समृद्धिको यात्रामा सहकार्य गर्न मार्गप्रशस्त भएको छ,’ विज्ञप्तिमा छ, ‘नजिकको छिमेकी मुलुक भएको नाताले नेपाल र भारतबीच आर्थिक क्षेत्रमा हुने यस्तो सहमतिबाट दुवै देशहरूले पर्याप्त आर्थिक उपलब्धि हासिल गर्नुका साथै दुवै मुलुकको आर्थिक कुटनीतिको क्षेत्रमा समेत नयाँ शिराबाट सम्बन्ध विकास र विस्तार हुने हाम्रो विश्वास छ ।’
औपचारिक वार्तापछि आयोजित पत्रकार सम्मेलनमा ‘हामी नेपालको बिजुली खरिद गर्नेछौँ’ भन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणाले नेपालको उर्जा उद्योगमा संलग्न आम उद्यमीहरूलाई उत्साहित र नयाँ आशाको सञ्चार गराएको इपानले जनाएको छ ।
‘सम्माननीय प्रधानमन्त्री मोदीको उक्त घोषणालाई संयुक्त विज्ञप्तिभित्र रहेको ‘संयुक्त भिजन स्टेटमेन्ट’ मा पनि समाबेश गरिनु नेपालको ऊर्जा ब्यापारमा ठूलो उपलब्धीका रुपमा लिन सकिन्छ,’ विज्ञप्तिमा छ ।
पहिलो पटक भारतले नेपालसँग जलस्रोत र जलविद्युत्का मामिलामा आपसी समानता र आपसी सम्मानका आधारमा वार्ता गर्ने सहमति हुनु अर्को ठूलो उपलब्धिका रुपमा इप्पानले लिएको छ । ‘त्यसैगरी दुई देशबीचको ऊर्जा सहकार्य बीबीआइएन (भुटान, बंगलादेश, भारत र नेपाल) संरचना तहसम्म विस्तार गर्ने कुरा भिजन स्टेटमेन्टमा उल्लेख हुनु अत्यन्त सुखद पक्ष हो,’ विज्ञप्तिमा छ, ‘यसबाट अब नेपालको बिजुली बंगलादेशसम्म निर्यात गर्ने ढोका खुला भएको छ ।’
भिजन स्टेटमेन्टमा जलविद्युत्को संयुक्त विकास गर्ने, सीमापार प्रसारण लाइन निर्माण गर्ने, दुईतर्फी विद्युत आयात-निर्यात गर्ने, दुवै देशको ग्रीड (प्रसारण लाइन) सिंक्रोनाइज (एक रुप) तुल्याउने, संस्थागत सहयोग, ज्ञान र प्रविधिको हस्तान्तरण गर्ने कुरा पनि प्राथमिकताका साथ उल्लेख भएका छन् ।
दुई देशबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआर द्रुतगतिमा बनाउन आफ्ना सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिने बुँदा पनि भिजन स्टेटमेन्टमा समेटिएको छ । ‘अबको आवश्यकता भनेको दुई देशका कार्यकारी प्रमुखहरूबीच भएको यो सहमतिको इमानदारितापूर्वक कार्यान्वयनको हो ।
यो सहमति पूर्ण कार्यान्वयन भयो भने नेपाल-भारतबीचको आर्थिक, सामाजिक र राजनीतिक सम्बन्धले नयाँ उचाइ लिनेछ,’ विज्ञप्तिमा छ, ‘हामीलाई विश्वास छ, आजको यो सूचना प्रविधिको नयाँ युगमा विश्वले नजिकबाट नियालेको दुई देशबीच राजनीतिक उच्चस्तरमा भएका यी सहमतिहरू पूर्णरुपले कार्यान्वयनको चरणमा जानेछन् ।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












