इप्पानले गर्यो भारतसँग भएको सहमतिको स्वागत
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दुई देशबीच भएका जलविद्युत, ऊर्जा र जलस्रोतसम्बन्धी सहमतिको स्वागत गरेको छ ।
प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा भारतले नेपालको जगेडा बिजुली खरिद गर्ने, नेपालको बिजुली बंगलादेशसम्म जान दिने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) द्रुतगतिमा बनाउन निर्देशन दिने, जलस्रोत र जलविद्युत्का मामिलामा आपसी सम्मान र आपसी सहमति कायम गर्ने सहमति भएकोप्रति इपानले स्वागत गरेको हो ।
‘दुई देशबीचका कार्यकारी प्रमुखबीच भएको सहमति नेपालको समग्र ऊर्जा क्षेत्रको विकासमा ऐतिहासिक फड्को भएको इप्पानको ठहर छ,’ इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले आज जारी गरेको विज्ञप्तिमा छ ।
प्रधानमन्त्री देउवाले गत चैत १८ देखि २० गतेसम्म भारत भ्रमण गरेका थिए । यस्तो सहमतिले दुवै देशहरूले उर्जाको सहज उपभोग गर्ने आधार निर्माण भएको इपानले जनाएको छ । ‘सहमतिले दुबै देशले अर्थतन्त्रको द्रुत विकास गर्दै आर्थिक समृद्धिको यात्रामा सहकार्य गर्न मार्गप्रशस्त भएको छ,’ विज्ञप्तिमा छ, ‘नजिकको छिमेकी मुलुक भएको नाताले नेपाल र भारतबीच आर्थिक क्षेत्रमा हुने यस्तो सहमतिबाट दुवै देशहरूले पर्याप्त आर्थिक उपलब्धि हासिल गर्नुका साथै दुवै मुलुकको आर्थिक कुटनीतिको क्षेत्रमा समेत नयाँ शिराबाट सम्बन्ध विकास र विस्तार हुने हाम्रो विश्वास छ ।’
औपचारिक वार्तापछि आयोजित पत्रकार सम्मेलनमा ‘हामी नेपालको बिजुली खरिद गर्नेछौँ’ भन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणाले नेपालको उर्जा उद्योगमा संलग्न आम उद्यमीहरूलाई उत्साहित र नयाँ आशाको सञ्चार गराएको इपानले जनाएको छ ।
‘सम्माननीय प्रधानमन्त्री मोदीको उक्त घोषणालाई संयुक्त विज्ञप्तिभित्र रहेको ‘संयुक्त भिजन स्टेटमेन्ट’ मा पनि समाबेश गरिनु नेपालको ऊर्जा ब्यापारमा ठूलो उपलब्धीका रुपमा लिन सकिन्छ,’ विज्ञप्तिमा छ ।
पहिलो पटक भारतले नेपालसँग जलस्रोत र जलविद्युत्का मामिलामा आपसी समानता र आपसी सम्मानका आधारमा वार्ता गर्ने सहमति हुनु अर्को ठूलो उपलब्धिका रुपमा इप्पानले लिएको छ । ‘त्यसैगरी दुई देशबीचको ऊर्जा सहकार्य बीबीआइएन (भुटान, बंगलादेश, भारत र नेपाल) संरचना तहसम्म विस्तार गर्ने कुरा भिजन स्टेटमेन्टमा उल्लेख हुनु अत्यन्त सुखद पक्ष हो,’ विज्ञप्तिमा छ, ‘यसबाट अब नेपालको बिजुली बंगलादेशसम्म निर्यात गर्ने ढोका खुला भएको छ ।’
भिजन स्टेटमेन्टमा जलविद्युत्को संयुक्त विकास गर्ने, सीमापार प्रसारण लाइन निर्माण गर्ने, दुईतर्फी विद्युत आयात-निर्यात गर्ने, दुवै देशको ग्रीड (प्रसारण लाइन) सिंक्रोनाइज (एक रुप) तुल्याउने, संस्थागत सहयोग, ज्ञान र प्रविधिको हस्तान्तरण गर्ने कुरा पनि प्राथमिकताका साथ उल्लेख भएका छन् ।
दुई देशबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआर द्रुतगतिमा बनाउन आफ्ना सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिने बुँदा पनि भिजन स्टेटमेन्टमा समेटिएको छ । ‘अबको आवश्यकता भनेको दुई देशका कार्यकारी प्रमुखहरूबीच भएको यो सहमतिको इमानदारितापूर्वक कार्यान्वयनको हो ।
यो सहमति पूर्ण कार्यान्वयन भयो भने नेपाल-भारतबीचको आर्थिक, सामाजिक र राजनीतिक सम्बन्धले नयाँ उचाइ लिनेछ,’ विज्ञप्तिमा छ, ‘हामीलाई विश्वास छ, आजको यो सूचना प्रविधिको नयाँ युगमा विश्वले नजिकबाट नियालेको दुई देशबीच राजनीतिक उच्चस्तरमा भएका यी सहमतिहरू पूर्णरुपले कार्यान्वयनको चरणमा जानेछन् ।’
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
अछाममा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, तीन घाइते
अछाम, जेठ १६ गते । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको...
-
इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुन्छ: ट्रम्प
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने बताउनुभएको...
-
मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु...
-
विदेशी मुद्राको विनिमयदर: आज कुन देशको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...












