‘पहिले प्रचण्डको छोरी रेणु भन्थे, अहिले रेणुको बुवा प्रचण्ड भनिन्छ’
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको परिचय फेरिएको बताएका छन् ।
बुधबार चितवनको भरतपुर महानगरपालिकामा आयोजित भूमिहीन दलितहरूलाई लालपुर्जा वितरण कार्यक्रममा उनले ०७४ को स्थानीय तह निर्वाचनमा रेणुको परिचय आफ्नो छोरीका रूपमा रहेको र अहिले आफूलाई ‘रेणुको बुवा’ भन्ने गरेको भन्दै खुसी व्यक्त गरे ।
“पहिले निर्वााचनमा रेणु यहाँ आउदा सबैले प्रचण्डको छोरी भन्ने गर्थे । यद्यपि, रेणुको आफ्नै त्याग, तपस्या थियो । रोल्पा, रुकुमजस्ता जिल्लादेखि भूमिगत रूपले जनयुद्धकालमा प्रवासका सहरमा काम गरेको उनको आफ्नै अनुभव थियो,” उनले भने, “तर, ०७४ को निर्वाचनमा आउँदा उनको परिचय प्रचण्डको छोरी भन्ने थियो । मलाई अहिले खुसी छ । अहिले आउँदा प्रचण्डकी छोरी होइन, रेणुको बुवा प्रचण्ड भएको छ ।”
प्रचण्डले महिलाले धेरै गर्न सक्छन् भन्ने देखिएको समेत बताए । उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको कामको पनि प्रशंसा गरे ।
अबको निर्वाचनमा महिलालाई धेरै ठाउँमा पालिका प्रमुख र मेयर बनाउने विचार रहेको उनले सुनाए । महिलाले काम गर्दा जालझेल, षड्यन्त्र कम हुने रहेछ भन्ने देखिएको उनको भनाइ छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











