स्थानीय सरकारले पाँच बर्षमा पुर्वाधार तयार गरे, अब नागरिकलाइ स्वरोजगार र आत्मनिर्भर बनाउनु पर्छ: युवा नेता सेर्पाली
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् वाइसीयलका केन्द्रिय सहसंयोजक सुबोधराज शेर्पालीले पाँच वर्षको अवधिमा पूर्वाधार निर्माणको काम गरेको बताउदै आगामी निर्वाचनपछि नागरिकलाई आत्मनिर्भर गराउने बताउनुभयो । रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ३ मा वाइसीयलले आयोजना गरेको बुथ केन्द्रको भेलालाई संबोधन गर्दै नेता शेर्पालीले यस्तो बताउनुभएको हो ।
स्थानीय सरकारको पाँच वर्षे कार्यकालमा पूर्वाधारतर्फको विकास गरेको बताउदै नेता शेर्पालीले अबको चुनावमा विजयी भएर नागरिकलाई आत्मनिर्भर र स्वरोजगार बनाउने बताउनुभयो । पार्टीलाई चुनावमा विजयी बनाउनको लागि सबै युवा र कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । अहिले वाइसियलको बुथ केन्द्रित कार्यक्रम गर्दै पार्टीको नारालाई मात्र लिएर गाउँमा गएको बताउदै नेता शेर्पालीले पार्टीले छिट्टै उम्मेद्वारको टुङ्गो लगाउने र उम्मेद्वारसहित पार्टीका एजेण्डा लिएर गाउँमा जाने बताउनुभयो । त्यतीन्जेलसम्मको लागी वाइसियलले नागरिकलाई मतदाता शिक्षा प्रदान गर्ने, मतदाताको अवस्था पहिचान गर्ने, सबै वाइसीयललाई सक्रियाताका साथ परिचालन गर्नुपर्नेमा नेता शेर्पालीले जोड दिनुभयो ।
माओवादी पार्टीले सिस्ने पालिकामा मात्र जितेर नहुँने बताउदै सबै वडा र पालिकामा जितेर नमुना सरकार सञ्चालन गर्दै संविधानमा परिकल्पना गरेको समाजवादको आधार निर्माण गर्ने दायित्व माओवादी नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै वाइसीयल नेपाल रुकुम(पूर्व) का जिल्ला संयोजक तिलक रेउले भाष्करले वडामा वाइसीयलको वडा र टोल समिति गठन तथा पर्नगठन गर्ने साथै वाइसियललाई मतदाताको सुरक्षा र कामकाजमा खटाउने बताउनुभएको छ । यस्तै अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य रेवन खड्काले आगामी स्थानीय तहको चुनावमा जसरी पनि माओवादी केन्द्रले जित्ने बताउनुभएको छ ।।
Comments
अरु समाचार
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...
-
चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व, अध्यक्षमा सुवास संकल्प श्रेष्ठ र सचिवमा मनोज दाहाल चयन
धरान । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनले चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा...












