नेपाल यातयात राष्ट्रिय व्यवसायी महासंघको नेतृत्व चयन
काठमान्डौ। यातयात व्यवसायी राष्ट्रिय महासंघको छाता सङ्गठनको महाधिवेशन सम्पन्र भएको छ।
यातयात व्यवसायी महासंघको अध्यक्षमा विजयबहादुर स्वाँर चयन हुनुभएको छ।
महाधिवेशनले उहाँको अध्यक्षतामा ७६ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो। अध्यक्ष, महासचिव,उपमहासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रदेश संयोजक मङ्गलबार नै निर्विरोध निर्वाचित भए पनि वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष, सचिव र सदस्य पदमा भने मतदान भएको थियो।
तीन वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान महासचिव सरोज सिटौला, ऐनकुमार साई, हरिशरण केसी मत ल्याई विजय हुनुभएको छ। यस्तै, खुला सात उपाध्यक्षमा सानुकाजी प्रजापति, भुवन बराल, रवि रिमाल, डम्बरराज पन्त, रामप्रसाद सुवेदी, जीतबहादुर भारति र राजेन्द्र् रिजाल मत ल्याएर विजय हुनुभएको छ।
यसैगरी, मालवाहक उपाध्यक्षमा यादवलाल श्रेष्ठ, महिला उपाध्यक्षमा पुष्पा श्रेष्ठ, महासचिवमा डेकनाथ गौतम, उपमहासचिवमा पुरुषोत्तम सिङ्खडा, गगन रोका र शम्भु रिजाल, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ तथा सहकोषध्यक्षमा चेतप्रसाद(अर्जुन) गौतम निर्विरोध निर्वाचित हुनुभएको छ।
यस्तै, सचिवमा आत्माराम थापा, भानुभक्त बराल, किरणकुमार खड्का, वर्गीय संयोजक बसतर्फ सुनिल कँुवर मत ल्याई विजय हुनुभएको छ। वर्गीय संयोजक मिनिबसतर्फ मञ्जयप्रकाश श्रेष्ठ, पर्यटक तर्फ रामसुन्दर परिवार,मालवाहक नवीन प्रजापति, टयाक्सीतर्फ प्रकाश तिवारी, टयाम्पो रामप्रसाद घिमिरे, माइक्रोबसतर्फ नारायणप्रसाद भट्टराई, जिपतर्फ रवीन्द्रमान श्रेष्ठ र हलुका मालवाहकतर्फ चिन्तामणि आर्चय निर्वाचित हुनुभएको छ।
यस्तै, प्रदेश १ को संयोजकमा सरोज श्रेष्ठ, मधेस प्रदेशको संयोजकमा हरिनारायण यादव, बागमति प्रदेश संयोजकमा सुमन गिरी, गण्डकी प्रदेश संयोजकमा केदारप्रसाद पौडेल, लुम्बिनी प्रदेश संयोजकमा सञ्जीजव रोका, कर्णली प्रदेश संयोजकजा रमेशकुमार सापकोटा र सुदूरपक्षीम प्रदेश संयोजकमा टेकराज जोशी निर्वाचित हुनुभएको छ।
मङ्गदबार राति भएको निर्वाचनमा ८१६ मत खसेको थियो।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












