झापाका १५ पालिकामै एमालेले टुङ्ग्यायो उम्मेदवार
झापा । नेकपा (एमाले) झापाले १५ वटै पालिकाका आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुख उपप्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । तीमध्ये सो पार्टीले दमक , विर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाएको छ ।
दमकको प्रमुखमा गीता अधिकारी र उपप्रमुखमा अम्बिका खनाल ,विर्तामोडको प्रमुखमा पवित्रा महतरालाई प्रमुख र नगेन्द्र सङ्ग्रौलालाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय भएको पार्टीका जिल्ला कमिटी सचिव शिव ढुङ्गेलले जानकारी दिए ।
उनका अनुसार बुद्धशान्तिमा अध्यक्ष मीरा भुर्तेल र उपाध्यक्षमा धरणी पोखरेल रहेका छन् । तीनै पालिकामा प्रमुख पदमा उम्मेदवार पाएका महिलाले यसअघि उपप्रमुखमा रहेर कुशलतापूर्वक जिम्मेवारी बहन गरिसकेका छन् ।
यसैगरी भद्रपुर नगरपालिकको प्रमुखमा असारु राजवंशी, उपप्रमुखमा कौशिला अधिकारी, कनकाई नगरपालिकाका प्रमुख, राजेन्द्र पोखरेल, उपप्रमुख मञ्जु प्रसाईँ, गौरादह नगरपालिका प्रमुखमा छत्रपति सुवेदी, उपप्रमुखमा जलबर्शा राजवंशी, शिवसताक्षी नगरपालिका प्रमुखमा रोशन थ्रोपा, उपप्रमुखमा नरमाया कार्की, अर्जुनधारा नगरपालिका प्रमुखमा बलदेव गम्देन, उपप्रमुखमा खड्गमाया पराजुली र मेचीनगर नगरपालिका प्रमुखमा गोपाल बुढाथोकी र उपप्रमुख मीना उप्रेतीलाई उम्मेदवार बनाउने बनाइएको छ ।
हल्दिबारी गाउँपालिकामा अध्यक्षमा डम्बर डिरी, उपाध्यक्षमा शान्ता गौतम, कचनकवल गाउँपालिकामा नेपाली कांग्रेससँगको गठबन्धमा उपाध्यक्षमा नवराज भट्टराई, कमल गाउँपालिकाको अध्यक्षमा भीम राई उपाध्यक्षमा उषा भण्डारी, गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा विजय अग्रवाल उपाध्यक्षमा पुनम न्यौपाने, झापा गाउँपालिकाको अध्यक्षमा गौरीशङ्कर राजवंशी, उपाध्यक्षमा देवीमाया निरौला र बाह्रदशी गाउँपालिकाको अध्यक्षमा देवेन्द्र चौलागाईँ, उपाध्यक्षमा शान्ता न्यौपानेलाई उम्मेदवार बनाएको छ । अधिकांश पालिकाका उम्मेदवारले आजै निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











