मास्क लगाउनै नपर्ने गरी दरबार सिनेम्याक्समा जडान भयो जर्मन प्रविधिको ‘वुल्फ एयर मास्क’
काठमाडाैं । दरबार सिनेम्याक्सले फिल्म हेर्न आउने दर्शकका लागि अबदेखि मास्क लगाउन नपर्ने ब्यबस्था गरेको छ ।
नयाँ बर्ष ०७९ को अबसर पारेर गत बैशाख १ गतेदेखि संचालनमा आएको अत्याधुनीक प्रबिधि र सुबिधा सम्पन्न लक्जरीयस सिनेमा हलमा दर्शकको सहजतालाई मध्यनजर गरि कोभिड लगायतका कुनै पनि भाइरस तथा ब्याक्टेरियाले असर नगर्ने वुल्फ एयर मास्क एअर स्ट्रेरीलाइजेसन सिस्टम जडान गरिएको हो ।
गुण ग्रुपद्धारा संचालित हलमा नेपालमै पहिलोपटक जर्मन प्रविधिबाट निर्मित ‘वुल्फ एअर मास्क’ प्रयोगमा ल्याइएको हो । सो प्रविधिले हावामा फैलने मोल्ड,कोरोना वा इन्फ्लुएन्जा भाइरस,एलर्जी,हानीकारक ब्याक्टेरिया,पराग कण,धुलो,दुर्गन्धलगायत वरपरका क्लस्टरलाई केही मिनेटमै पूर्ण रुपले निस्प्रभावी बनाइ शुद्ध हावा उत्पादन गर्ने गर्दछ । सिस्टम जडान सम्बन्धी सम्झौतामा दरबार सिनेम्याक्सका प्रबन्ध निर्देशक दिप्रश शाक्य र प्लानेट हेल्थकेयरका तर्फबाट रोजन श्रेष्ठले हस्ताक्षर गरेका हुन् । वुल्फ एअर मास्क ९९.९९ प्रतिशत भाइरस मुक्त र बैज्ञानीक रुपमा समेत सबै उमेर र समूहका लागि उपयुक्त मानिन्छ ।
एअर स्ट्रेरिलाइजेसन सिस्टम जडान गर्ने देशकै पहिलो सिनेमा हल बन्न पाउदा खुशी लागेको दरबार सिनेम्याक्सका प्रबन्ध निर्देशक दिप्रश बताउँछन् । आफूहरु दर्शकको सुबिधा र स्वास्थ्यको बारेमा निकै सजक रहेकाले प्रबिधि जडान गरिएको कथन उनको छ ।
‘दर्शकहरुको सुबिधा र स्वास्थ्यका लागि हामी कुनै कुरामा पनि कन्जुस्याइँ गर्न चाहन्नौं,’ उनी भन्छन्, ‘अब उप्रान्त हाम्रो सिनेमा हलमा बिना मास्क फिल्म हेर्न पाइने छ । कोरोनाको जोखिम कायमै रहे तापनि हलभित्र भने एअर स्ट्रेरिलाइजेसन सिस्टमले भाइरस सखाफ पार्ने भएकाले सबैलाई निर्धक्क सुबिधा लिनका लागि स्वागत गर्दछौ ।’
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...












