पानामामा डुङ्गा दुर्घटनामा परि ज्यान गुमाएका काले गिरीका परिवारको लागि सहयोग अपिल
विना भिसा अमेरिका आउने यात्रामा रहेका प्युठान ४ खवाङका काले गिरीको पानामामा डुंगा दुर्घटनामा मृत्यु भएको छ । अक्टोबर १३ मा भएको डुंगा दुर्घटनामा ३ जना नेपालीहरु बेपत्ता भएकोमा त्यसमा गिरी पनि परेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।डुंगामा ३१ जना सवार रहेकोमा २५ जनाको उद्दार गरिएको थियो भने ६ जना बेपत्ता भएका थिए । उद्दार गरिएका एकजनाको पछि मृत्यु भएको थियो भने बेपत्ता ६ जनामा तीनजना नेपालीहरु र तीनजना दक्षिणी अमेरिकीहरु रहेको जनाइएको छ । तीनजना नेपालीहरुमध्ये अन्य २ जना रुकुमका २५ बर्षीय प्रदीप खत्री र ४० बर्षीय रमेश गौतम रहेका छन् ।
३५ बर्षीय काले गिरी विना भिसा अमेरिका आउने यात्राका लागि झण्डै १५ महिना अगाडि नेपालबाट हिडेका थिए । दलाललाई लाखौं रकम बुझाएर उनी अमेरिका आउने यात्रामा रहेका थिए । उनका नेपालमा ४ जना छोराछोरीहरु र श्रीमति रहेका छन् ।
जेठा छोरा १७ बर्षका रहेका छन् भने तीन छोरीहरु १५, १४ र १२ बर्षका रहेका छन् । अमेरिका आउनका लागि लाखौं रकम खर्च भएको तथा परिवारमा कमाउने अरु व्यक्ति नभएका कारण आर्थिक समस्या रहेको भन्दै गोफण्डमीमा आर्थिक सहयोगको अपिल गरिएको छ ।सहयोगको लागि यो लिंकमा क्लिक गर्नु होला
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
अछाममा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, तीन घाइते
अछाम, जेठ १६ गते । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको...
-
इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुन्छ: ट्रम्प
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने बताउनुभएको...
-
मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु...
-
विदेशी मुद्राको विनिमयदर: आज कुन देशको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...












