नयाँ सरकार गठनमा दलहरुलाई चुनौती,दौडधुपमा व्यस्त
काठमाडौं । दलहरु नयाँ सरकार गठनको अभ्यासमा लागेका छन् । सरकार गठनसँगै शक्ति बाँडफाँटका लागि दलहरुले छलफललाई तीव्रता दिइरहेका बुझिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावको अन्तिम प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनमा दलहरुले अग्रसरता देखाएका हुन् । राष्ट्रपति भण्डारीले शुक्रबार र शनिबार प्रतिवेदन अध्ययन गर्नेछ। राष्ट्रपति भण्डारीले आगामी सोमवारसम्ममा संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गर्ने तयारी गर्दैछिन् ।
संविधानको धारा ७६ (१) मा कुनै एक दलले बहुमत पाएको अवस्थामा बहुमतप्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाउने व्यवस्था रहेको छ। तर चुनावबाट एउटै दलले बहुमत प्राप्त गर्न नसकेको हुँदा धारा ७६ (२( को प्रक्रियाअनुसार दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान हुने तयारी छ।
नया सरकार गठनसँगै दलहरुले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उप सभामुख, मुख्यमन्त्री, प्रदेशका सभामुख र उप सभामुख चयन गर्नुपर्ने चुनौती रहेको छ । कुनै पनि दलले स्पष्ट बहमत नल्याएकाले प्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदमा भागबन्डा गर्नुपर्ने अवस्था रहको छ । गत मंसिर ४ गते भएको निर्वाचनमा प्रतिनिधि सभातर्फ प्रत्यक्षबाट १ सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० जना सांसद निर्वाचित भएका छन् । कुल सांसदको संख्या २ सय ७५ रहेको छ ।
Comments
अरु समाचार
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...












