आमाको दूधपछि अण्डामा दोस्रो गुणस्तरको प्रोटिन
काठमाडाैं । न्यून लागत मूल्यमा पाइने अण्डाको महत्व बुझ्न नसक्दा उपभोग न्यून हुने गरेको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका खाद्य तथा पोषण अधिकृत शिलु श्रेष्ठको भनाइमा अण्डामा हाम्रो शरीरलाई चाहिने सबै किसिमका पौष्टिक तत्व पाइन्छ । अण्डामा प्रशस्त मात्रामा उच्च गुणस्तरको प्रोटिन पाइने बताउँदै उनले भनिन्,“गेँडागुडी, माछामासुमा पाइने प्रोटिनभन्दा अण्डामा पाइने प्रोटिन शरीरको लागि चाहिने उच्च गुणस्तरीय हो ।” अण्डामा आमाको दूधमा पाइनेभन्दा दोस्रो गुणस्तरको प्रोटिन भएको उनको भनाइ छ ।
‘हाम्रो शरीरलाई चाहिने सबै किसिमका आवश्यक एमिनो एसिड अण्डामा पाइने भएकाले अण्डालाई पूर्ण प्रोटिन पनि भनिन्छ”, पोषण अधिकृत श्रेष्ले थपिन्, “अण्डाको प्रोटिनले शरीरको वृद्धि विकास गर्न, शरीरमा भएका घाउ निको पार्न, विभिन्न किसिमका रोगसँग लड्ने दक्षता बढाउन, शरीरमा मांसपेशी निर्माण गर्न मद्दत गर्दछ ।”
एउटा अण्डामा लगभग छ ग्राम प्रोटिन, पाँच ग्राम फ्याट, भिटामिन ए, डि, इ, बि १२ पाउनुका साथै विभिन्न खनिज पदार्थ पाइने श्रेष्ठ बताउँछिन् । उनका अनुसार अण्डाको सेतो तथा पहेला दुवै भागमा प्रचुर मात्रामा पौष्टिक तत्व पाइने भएकाले हाम्रो शरीरको लागि दुवै भाग महत्वपूर्ण हुन्छ । सेतो भागमा अण्डामा पाइने सम्पूर्ण प्रोटिनको आधाभन्दा बढी प्रोटिन पाइनुका साथै अरु खनिज पदार्थजस्तै क्यालसियम, म्याग्नेसियम, पोटासियम, सेलेनियम, सोडियम, सल्फर, जिंक आदि पाइने उनको भनाइ छ ।
अण्डाको पहेँलो भागमा धेरै भात्रामा ओमेगा थ्री फ्याटी एसिड (राम्रो चिल्लो) र थोरै मात्रामा नराम्रो चिल्लो (स्याचुरेटेड फ्याट) पाइन्छ । अण्डा खाएपछि तुरुन्त भोक नलाग्ने भएकोले तौल कम गर्न चाहने मानिसका लागि यो फाइदाजनक हुने श्रेष्ठ बताउँछिन् । उनले अगाडि थपिन्, “अण्डा बच्चा, बूढाबूढी, गर्भवती महिला, दूध खुवाउने आमा, क्यान्सर तथा विभिन्न रोगका बिरामी सबैका लागि एकदम आवश्यक हुन्छ ।”
एउटा स्वस्थ मानिसले दैनिक एकदेखि दुई वटा अण्डा खान ठीक मानिने बताउँदै उनले धेरै प्रोटिन चाहिने मानिसले थप एक दुई अण्डाको सेतो भाग खान सक्ने सुझाव दिए । मुटुको रोग, मधुमेह, उच्च कोलेस्टेरोलको समस्या नभएका क्यान्सरका बिरामी तथा अन्य रोगका बिरामीका लागि शल्यक्रिया गरेका घाउ चाँडो निको पार्न, शरीरमा रगतको मात्रा बढाउन, शरीरमा मांसपेशी बढाउन, रोगसँग लड्ने क्षमता बढाउन आदिको लागि दिनको एक दुई पूरा अण्डा खान फाइदाजनक हुने उनी बताउँछिन् ।
पोषण अधिकृत श्रेष्ठ भन्छिन्, “बढी प्रोटिन चाहिने बिरामीले थप अण्डाको सेतो भाग खान सक्छन् । मधुमेह, मुटुका रोगी तथा उच्च कोलेस्टेरोल भएका बिरामीले हप्तामा तीन–चार वटा अण्डा खान सक्छन् भने सेतो भाग शरीरको आवश्यकताअनुसार दिनहुँ खान सक्छन् ।”
फिजिसियन डा महेन्द्र अग्रहरी प्रोटिनको सबैभन्दा राम्रो स्रोत अण्डा भएको बताउँछन् । पहेँलो भागमा कोलेस्ट्रोल र मिनिरल्स पाइन्छ । उनले बच्चालाई कोलेस्ट्रोल पनि चाहिने हुँदा पहेलो भाग खुवाउनुपर्ने बताए । कोलेस्ट्रोल, मधुमेह र उच्च रक्तचाप भएकालाई पहेँलो भाग नखान उनको सुझाव छ । मादक पदार्थ धेरै खाएर प्रोटिनको मात्रा घटेका, कलेजोमा समस्या देखिएकाले प्रोटिन बढाउने मुख्य माध्यम अण्डा भएको डा अग्रहरीको भनाइ छ । उनले भने “अण्डाले कलेजो र शरीरमा थिग्रिएको पानीलाई सोस्न सहयोग गर्छ ।” वयस्क र बच्चाका लागि दैनिक कम्तीमा एउटा अण्डा खानुपर्ने उनको सुझाव छ ।
शारीरिक, मानसिक वृद्धि सबैमा अण्डा उपयोगी हुने उनको भनाइ छ । मानिसलाई बुझाउन नसक्दा अण्डाको उपयोग कम भएको बताउँदै उहाँनले यसका लागि उपयुक्त माध्यम जनचेतना नै भएको बताए । विश्वको तुलनामा नेपालमा अण्डाको उपभोग निकै कम छ । नेपाल पशु चिकित्सक परिषद्का उपाध्यक्ष, वरिष्ठ पशु चिकित्सक डा सुवीरसिंह एशियाका मानिसले वार्षिक एक सय ८० अण्डा उपभोग गर्नुपर्ने भए पनि नेपालमा यो दर ६१ मात्रै रहेको बताए । जापानमा यो दर तीन सय ६२ रहेको उनले जानकारी दिए ।
नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट कम मूल्यमा पाइने स्वास्थ्यवर्द्धक अण्डाको महत्वको बारेमा आम नागरिकलाई जानकारी गराउन नसकिएको बताउँछन् । बालबालिकालाई खाजाको रुपमा ड्राइफुड प्रयोग भइरहेको भन्दै उनले आमनागरिकलाई जनचेतना जगाएर अण्डाको उपभोगलाई बढाउनुपर्ने बताए । नेपालमा अहिले एउटा अण्डा उत्पादन गर्न १५ हाराहारी लागत खर्च हुने गरेको छ ।
किसानले बिक्री गर्ने मूल्य १० हाराहारी छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेल बालबालिकालाई अस्वस्थ खाजा प्रयोग भइरहेको भन्दै राज्यले नै यस्ता कुरा निरुत्साहित गरेर अण्डाको उपभोग बढाउने नीति बनाउनुपर्ने बताउँछन् ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












