४४ आंगिक क्याम्पसको आधिकारिक मतपरिणाम सार्वजनिक
काठमाडौं । चैत ५ र ९ गते दुई चरणमा सम्पन्न त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ४४ आंगिक क्याम्पसको आधिकारिक मत परिणाम सार्वजनिक भएको छ । त्रिविका ६२ वटा आंगिक क्याम्पसमध्ये १८ वटामा विभिन्न विद्यार्थी संगठनको तालाबन्दी र अदालतको आदेशका कारण मतदान हुन सकेको छैन ।
त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण शाखाका अनुसार भैरहवा बहुमुखी क्याम्पसको अन्तिम मत परिणाम आएपछि ४४ आंगिक क्याम्पसको स्ववियुले पूर्णता पाएको छ । बाँकी १८ क्याम्पसमा तत्काल निर्वाचन अघि बढाउन सम्बन्धित प्रशासनलाई निर्देशन दिइएको निर्देशक पशुपति अधिकारीले बताए ।
हालसम्म मत परिणाम आएका ४४ मध्ये १९ क्याम्पसको स्ववियु सभापति जितेर एमालेनिकट अनेरास्ववियु पहिलो बनेको छ । त्यस्तै १८ क्याम्पसको स्ववियु सभापति जितेर नेपाली कांग्रेस निकट नेविसंघ दोस्रो बनेको छ । ४ वटा क्याम्पसको सभापति जितेर माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी तेस्रो स्थानमा छ ।
त्यस्तै जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले २ वटा क्याम्पसमा स्ववियु सभापति जितेको छ । जनमत पार्टी निकट विद्यार्थी जनमत संघले एउटा क्याम्पसको सभापति जितेको छ । त्रिविका आंगिक क्याम्पसको सभापतिमा अन्य पार्टीका विद्यार्थी संगठनले जीत निकाल्न सकेनन् ।
त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पसका स्ववियु निर्वाचनको आधिकारिक परिणाम भने विश्वविद्यालयमा नआउने उनले बताए । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमध्ये २२ वटा काठमाडौैं उपत्यकाभित्र छन् भने ४० वटा उपत्यका बाहिर छन् ।
सम्बन्धन प्राप्त र अन्य साना क्याम्पससमेत गरी नेकपा एमाले निकट अनेरास्ववियुले १२२ क्याम्पसमा सभापति जितेको छ । नेपाली कांग्रेस निकट नेविसंघले ११४ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ७३ वटा क्याम्पसमा सभापति जितेको छ ।
त्रिविका आंगिक क्याम्पसमध्ये देशकै सबभैन्दा धेरै विद्यार्थी पढ्ने पोखराको पृथ्वीनारायण क्याम्पसको निर्वाचन अदालतको आदेशका कारण रोकिएको छ । त्यस्तै पोखराकै पश्चिमाञ्चल इन्जिनियरिङ कलेज, नर्सिङ कलेज, धवलागिरी बहुमुखी क्याम्पस बागलुङमा सत्ता गठबन्धन आबद्ध विद्यार्थीको तालाबन्दीका कारण निर्वाचन रोकिएको छ ।
Comments
अरु समाचार
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...












