तत्काल अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउनुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल
धनगढी । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रलाई थप बिग्रनबाट जोगाउन र मुलुकभित्र व्यावसायिक वातावरण बनाउन तत्काल अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको छैठौँ प्रदेशसभालाई धनगढीमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताउनु भएको हो । अर्थतन्त्रलाई बढी नियन्त्रण गर्ने प्रयास गर्दा अहिलेको असहज परिस्थिति सृजना भएको र नीतिगत सुधार नगरी यसलाई सही बाटोमा ल्याउन नसकिने पनि उहाँले प्रष्ट पार्नु भएको छ ।
’विगतमा अर्थतन्त्र सुधार गर्न राज्यले लिएका नीतिहरुले निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउन सकेन । यसले उद्योगी व्यवसायीहरुको मनोबल बढाउन सकेन । अब अर्थतन्त्र सुधार्न र व्यवसायीको मनोबल बढाउन तत्काल नीतिगत सुधार गर्नुपर्ने जरुरी हुन्छ’, वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो ।
अहिलेको असहज परिस्थितिमा राज्यका एक पक्षले अर्को पक्षलाई आरोप–प्रत्यारोप गर्नुभन्दा मिलेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनु भएको छ । ‘सबै क्षेत्र अप्ठेरोमा परेका छन् । बैंक तथा वित्तीय संस्था पनि निजी क्षेत्रकै अंग हुन । बैंक तथा वित्तीय संस्थालाई मात्रै गाली गरेर हुँदैन । यो नीतिगत अस्थिरताले सिर्जना गरेको समस्या हो । यसको समाधान आन्दोलन गरेर पनि हुँदैन, उहाँले भन्नुभयो, ‘यसको समाधान सरकार, नेपाल राष्ट्र बैंक तथा निजी क्षेत्र सबै मिलेर गर्नुपर्छ ।’
महासंघको सबै प्रदेशको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको प्रसंग उठाउँदै उहाँले यसले महासंघलाई थप एकतावद्ध बनाइ सरकारसँग सहकार्य गर्न सहयोग पुग्ने बताउनुभयो । ‘आजको यस प्रदेशको निर्वाचन सकिएसँगै ७ वटै प्रदेशमा महासंघको नयाँ नेतृत्व चयन भएको छ । यसले महासंघलाई बलियो वनाउनेछ । महासंघ जति वलियो हुन्छ त्यति नै अर्थतन्त्रमा पनि हामीले योगदान पुर्याउन सक्नेछौ,’ उहाँले भन्नुभयो । सुन्दर सुदूरपश्चिम अभियानलाई बढवा दिन सके ठूलो संख्यामा यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिने वरिष्ठ उपाध्यक्ष ढकालको भनाइ छ ।
Comments
अरु समाचार
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...
-
‘मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैन’
काठमाडौँ । आगामी मौद्रिक नीतिमार्फत कर्जा प्रवाह विस्तार, उत्पादनमुखी लगानी प्रोत्साहन र नीतिगत स्थायित्व सुनिश्चित गर्न नसके अर्थतन्त्रले अपेक्षित गति...












