ताजा समाचार

सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन, फेरि ३ बजेदेखि बस्ने

काठमाडाै‌ । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा आज पनि सहमति जुटाउन सकेको छैन । मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डा गर्न आज बसेको गठबन्धन बैठक बिनानिष्कर्ष टुंगिएको छ । मंगलबार बेलुकी दुई घण्टा बसेको बैठक निष्कर्षविहीन भएपछि आज बिहानलाई बोलाइएको थियो । आजको बैठकमा पनि सहमति नजुटेपछि दिउँसो ३ बजे फेरि बैठक बस्नेगरी सकिएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा मन्त्रालय भागबन्डासहित सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रमसहितका विषयमा छलफल भएको एक नेताले बताएका छन् । बिहानको बैठकमा सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रमबारे दलहरुले अध्ययन सुझाव राखेका छन् । अबको एक-दुई दिनमा मन्त्रीपरिषद् विस्तारको तयारी गरिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org