युट्युब, फेसबुक र टिकटकसँग डराउनु पर्दैन : अध्यक्ष ओली
बुटवल, १५ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युट्युब, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट नआत्तिन सञ्चारमाध्यामहरूलाई आग्रह गर्नुभएको छ । बुटवलमा बुधवार आयोजित लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले समाचारका स्रोतहरू टेलिभिजनसहितका सञ्चारमाध्यमहरू नै भएकाले युट्युब, फेसबुकलगायतका सामाजिक सञ्जालबाट आत्तिन आवश्यक नरहेको भनाइ राख्नु भयो ।
सामाजिक सञ्जालहरूसँग नेटवर्किङ नहुने भएकाले पनि त्यसबाट ताजा र तत्काल ब्रेकिङ न्युज को सम्भावना नरहेको तर्कसमेत गर्नुभयो । उहाँले नयाँनयाँ प्रविधि भित्र्याउन र ‘टिमवर्क’ मा काम गर्न पनि सञ्चारमाध्यमहरूलाई सुझाव दिनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘अत्यन्तै तीव्रताका साथ सञ्चारका प्रविधिहरू विकास भइरहेका छन । टेलिभिजनहरू युट्युब, टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालसँग हच्किएको देख्छु । तर समाचारका स्रोतहरू टेलिभिजन लगायतका सञ्चारमाध्यमहरू नै हुन् । त्यसैले सञ्चारमाध्यम सामाजिक सञ्जालबाट हच्किन पर्दैन । टेलिभिजनबाट समाचार प्राप्त गरेर नै त्यो समाचारलाई लिएर अरूले बनाउने हो ।’ अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि नेपालमा सञ्चारमाध्यमहरूको विकासले गति लिएको पनि स्मरण गराउनुभयो ।
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...











