सूचना प्रविधि र उद्यम क्षेत्र प्रभावकारी बनाउन नवराज कुँवरको उम्मेद्वारी
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको यही चैत्र २९ गते काठमाडौंमा हुन गइरुहेको निर्वाचनमा बस्तुगततर्फ केन्द्रीय सदस्य पदमा नवराज कुँवरले उम्मेद्वारी दिनुभएको छ । कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) महासंघको निवर्तमान अध्यक्ष समेत रहनुभएका कुँवरले १२३ वस्तुगत संघहरूको तर्फबाट उम्मेदवारी दिनुभएको हो ।
अहिलेको समय सूचना र प्रविधिको हो । सुचना प्रविधिकोे बिकासविना देश बिकास सम्भव नहुने भन्दै कुँवरले यसको विकास, विस्तार तथा प्रवर्द्धनका लागि निजी क्षेत्रमैत्री नीति नियम बनाउन सरकारसँग सहकार्य गर्ने गरी क्यान महासंघको तर्फबाट उम्मेदवारी दिएको बताउनु भयो ।
सूचना -प्रविधि तथा यससँग सम्बन्धित व्यवसायमा स्वदेशी तथा विदेशी लगानी आकर्षित तथा प्रबर्धन गर्न नेपाल उद्योग बाणिज्य महासंघमा हाल भएको संरचनालाई अझै प्रभाबकारी बनाउनका लागि सुचना गेटवे निर्माण र संचालन गर्न उम्मेद्वारी दिएको उहाँको भनाई छ । नेपालको इण्टरनेट सेवा अत्यधिक करका कारण दक्षिण एसियामै महँगो छ । सूचना तथा सञ्चारलाई सबैको पहुँचमा पुर्याउन र इन्टरनेट गुणस्तरीय र सस्तो बनाउन अहिलेको आवश्यकता रहेको उँहाको भनाई छ ।
त्यस्तै उँहाले डिजिटल साक्षरता बढाउन, इन्टरनेट गुणस्तरीय र सस्तो बनाउन, सकेसम्म सबै कारोबार डिजिटल गर्नआफुले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । त्यस्तै, स्टार्ट अप तथा इन्क्यबेटर प्रोजेक्टको प्रवर्धनमार्फत युवामा उद्यमशीलता बिकास गर्न र सूचना तथा सञ्चार प्रविधिमार्फत दिगो, फराकिलो तथा समावेशी आर्थिक एवम् सामाजिक विकासमा योगदान दिन आवश्यक रहेको कुँवरको भनाई छ ।
उहाँले आयात, निर्यातमा देखिएको समस्या, खुल्ला सिमानाबाट उत्पन्न समस्या, भ्याट, करका समस्याका सन्दर्भमा महासंघको नेतृत्वलाई सजग गराई सरकारसँग समस्या समाधान गर्न पहलगर्ने साथै महासंघको निती र विधानलाई समय अनुकुल पुनर्लेखनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
डिजिटल अर्थतन्त्र निर्माण गर्न, उद्योग वाणिज्य महासंघलाई डिजिटल बनाउँदै वृहत् राष्ट्रिय सञ्जालको निर्माण गर्न, स्टार्टअप र इन्नोभेसनलाई प्रवर्धन गर्न संस्थाको तर्फबाट कार्यसमिति सदस्यमा कुँवरलाई अगाडि सारिएको क्यान महासंघले जनाएको छ। कुँवर क्यान महासंघका निवर्तमान अध्यक्ष, सुचना प्रविधिको अन्तर्राष्ट्रिय छाता संगठन (एसियन ओसियन कम्प्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसन) का उपाध्यक्ष, उद्योग वाणिज्य महासंघका आइसिटी विकास उपसिमितिका सहसभापति, प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष, आईसीटी अप्टिमिस्ट क्लबअफ काठमाडौंका अध्यक्षसमेत हुनुहुन्छ ।
क्यान महासंघ सूचना तथा सञ्चार प्रविधि क्षेत्रको संस्थागत विकासका लागि सन् १९९२ मा गैरनाफामूलक संस्थाको रुपमा स्थापित नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमाकार्यरत जनशक्ति र विज्ञ, व्यवसायी र संघ संस्थाहरूको छाता संगठन हो । महासंघले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरतहरूको हकहितका लागि काम गर्दै आएको, सूचना प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्दै सूचना प्रविधि सम्बन्धी नीति तथा कार्यक्रममा नेपाल सरकारलाई आवश्यक सुझाव र सहयोग दिँदै पनि आएको छ ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












