रास्वपाले कारवाही गर्दैमा ढाकाको सांसद पद खारेज नहुने
काठमाडौं । प्रतिनिधिसभा सांसद ढाकाप्रसाद श्रेष्ठलाई पार्टीले साधारण सदस्य समेत नहरने गरी सांसद पद खारेज गर्ने निर्णय गरेपनि संविधानअनुसार सांसद पद जोगिने देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले बैठक बसेरै श्रेष्ठविरुद्ध कारवाही गरेपनि ‘नेपाल अधिराज्यको संविधान २०७२’ अनुसार भने उनको सांसद पद कायमै रहने देखिएको हो । चन्दा मागेको अडियो बाहिरिएपछि सांसद श्रेष्ठ र पार्टी नै विवादास्पद देखिए । सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यमहरुमा विभिन्न टिकाटिप्पणी गरिएका छन् । रास्वपाले बुधबार बैठक बसेर श्रेष्ठको सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय गर्न बाध्य भएको छ ।
व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्नका लागि चाहियो भनेर दुई करोड डिल गरेको अडिओ बाहिरिएपछि श्रेष्ठको सांसद पद खारेज गर्ने पार्टीले निर्णय गरेको हो । यता सांसद श्रेष्ठले दुर्गा प्रसाईसँग रकम मागिएको अडियो आफ्नो नभएको दाबी गरेका छन् । तर प्रमाण पुग्ने दोस्रो अडियो पनि बाहिरिएपछि पार्टीले सांसद पद नै खारेज गर्ने निर्णय गरेको छ । तर, केही संविधानविद् एवं कानुन व्यवसायीले भने नेपाल अधिराज्यको संविधान २०७२ अनुसार श्रेष्ठको सांसद पद नगुम्ने दाबी गरेका गरेका छन् । यता आफूलाई फसाउनको लागि सुनियोजित रुपमा अडिओ इडिट गरेर ल्याइएको दाबी श्रेष्ठको पनि छ । उनी स्वयं पनि सांसद पद नगुम्ने जिकिर गर्छन् । श्रेष्ठले आफू न्यालयमा गइसकेकाले क्लिन चिट लिएर आउने दाबी पनि गरेका छन् ।
देशमा बैशाख १० गते उपनिर्वाचन हुँदैछ । रविसहित तीनजना नेताहरु चुनावी मैदानमा भोट माग्न व्यस्त छन् । गत मंसिर ४ गते भोट दिएका जनताको फेरि मन जित्नमा रास्वपा कस्सिएको छ । यस अवस्थामा जनताको मन जित्न रास्वपाले श्रेष्ठलाई कारवाही गरेर देखाएको पनि आकलन गरिन्छ । श्रेष्ठलाई हटाएर विन्दबासिनीको नाम अर्को सांसदका रुपमा ल्याउनु चुनावी फन्डा मात्रै हो भन्न सकिन्छ । संविधानअनसार हेर्ने हो भने सांसद श्रेष्ठविरुद्धको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गरी अख्तियार र प्रहरीमा उजुरीका रुपमा बुझाउनु पर्ने हुन्छ ।
संविधानअनुसार सांसद पद गुम्ने आधारहरु
संविधानअुसार सांसद पद गुम्नका लागि प्रथमतः सांसदले नै राजीनामा दिनुपर्छ । यस्तै ह्विप उल्लंघनका कारण दलले गरेको कारवाहीको सूचना १५ दिनभित्र सभामुखले प्रकाशित गरेको हुनुपर्छ । यस्तै अर्को दलमा प्रवेश गरेमा, अर्को दल गठन गरेमा, सदनलाई सूचना नदिई लगातार १० बैठकमा अनुपस्थित भएमा सांसद पद खारेजी हुने प्रावधान छ । यस्तै संसदकै कार्यकाल सकिएमा वा विघटन भएमा पनि सांसद पद रहँदैन । यस अवस्थामा संविधानमा उल्लेखित यी कुनै पनि अवस्था नभएकाले श्रेष्ठ सांसद पदमा यथावत रहने देखिन्छ । उनीमाथि प्रहरी वा अख्तियारले अनुसन्धानका क्रममा थुनामा राखेमा सांसदका रुपमा काम गर्न पाउँदैनन् । तर पद भने जाँदैन । संविधानअनुसार अदालतले दोषी ठहर गरेपनि सांसद श्रेष्ठ निलम्बनमा मात्रै पर्छन्, त्यो ठाउँमा अर्को सिफारिस गर्न नमिल्ने देखिन्छ ।
अतः रास्वपाले सांसद श्रेष्ठलाई गरेको कारवाही चुनाव जित्नका लागि एउटा फन्डा होला, तर कानुनीरुपमा भने भने सुरक्षित देखिन्छन् । ‘रास्वपाले यति कुरा किन नबुझिकन सांसद पद नै खारेजीको निर्णय गरेको’ भन्ने विद्वत वर्गले सामाजिक सञ्जालमा टिकाटिप्पणी पनि गरेका छन् । सांसद श्रेष्ठले रकम मागेको भिडियो जस्तैे रास्वपा भित्रका अरु नेताको क्रियाकलाप पनि क्रमशः छताछुल्ल हुँदै जाने देखिन्छ ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...
-
म्याद सकिएका औषधि व्यवस्थापनमा अनियमितता, फार्मेसी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरको फार्मेसी युनिटका फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित आठ जनाविरुद्ध दुई करोड ९१ लाख ३४...












