विराटनगरमा खुलारुपमा माछामासुको बिक्रीवितरण र बध गर्न रोक
विराटनगर । विराटनगर महानगरपालिकाले शुक्रबारदेखि खुलारुपमा माछामासु बिक्रीवितरण र बध गर्न रोक लगाएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुलारुपमा माछामासुको बिक्रीवितरण र बध गर्न रोक लगाएको महानगर प्रमुख नागेश कोइरालाले बताउनुभयो । उक्त अभियानलाई सफल पार्न बिहीबार महानगरले सरोकारवालासित अन्तक्र्रिया गरेको थियो । स्वच्छ मासु खान पाउने उपभोक्ताको अधिकार भएकाले मासु व्यवसायलाई व्यवस्थित गर्न लागिएको उहाँको भनाइ थियो ।
महानगरको सरसफाइ, कर सङ्कलन, सडकबत्ती जडान, बिजुलीको खम्बामा रङरोगनसहित नम्बरिङ, पार्किङलगायत अभियान सञ्चालन गरिरहेको महानगर प्रमुख कोइरालाले जानकारी दिनुभयो । उहाँले मानव स्वास्थ्य र महानगरको सौन्दर्यमा असर पर्नेगरी जथाभावी सञ्चालित मासु व्यवसायलाई व्यवस्थित गर्ने अभियानमा सहयोग गर्न सबैमा आग्रहसमेत गर्नुभयो । उपप्रमुख शिल्पा निराला कार्कीले अभियानलाई सफल बनाउन अनुगमनलाई तीव्र पारिने बताउनुभयो ।
अबदेखि खुलारुपमा माछामासु बिक्री गर्नेलाई मासु जाँच ऐन, २०५५ अनुसार कारबाही हुने महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले जानकारी दिनुभयो । संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा गङ्गाराम यादवले अस्वच्छ मासु सेवनको असर शरीरमा तुरुन्तै हुने र यसले दीर्घकालसम्म पनि असर पार्ने उल्लेख गर्दै पशु पछी बध गरेपछि कम्तीमा १२ घण्टासम्म फ्रिजमा राखेको मासु खानका लागि उपयुक्त हुने बताउनुभयो । विराटनगरमा करिब तीन सय वटा मासु पसल सञ्चालनमा रहेको महानगरका पशुपक्षी विकास शाखा प्रमुख शुभनारायण यादवको भनाइ थियो ।
Comments
अरु समाचार
-
विपद् प्राधिकरणमा योग्यताविपरीतको उम्मेदवार, कार्यकारी प्रमुख बनाउन काँग्रेसको कसरत
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि छनौट भएका एक उम्मेदवार तोकिएको योग्यताविपरीत रहेको...
-
अन्तर्राष्ट्रिय व्यापार बढाउन व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना...
-
नेप्से परिसूचकमा १० अङ्कको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ६१ अङ्कले घटेर आज दुई हजार छ सय ३३ दशमलव ३२ को...
-
सम्पती शुद्धीकरणमा दोषी भए जो कोहीलाइ पनि दण्डित गरिने: अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्पती शुद्धीकरण निवारणका लागि सम्बन्धित निकायहरुले अनुसन्धान र अभियोजनको कामलाई तिब्रता दिन जरुरी...
-
सुनको मूल्यमा सामान्य गिरावट
काठमाडौं । सोमबार सुनचाँदी बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला एक लाख ६० हजार चार...
-
तुम्लिङटार विमानस्थलमा हवाई इन्धनको डिपो राख्न प्रदेश सरकारलाई विदुर लिङथेपको आग्रह
काठमाडौं । कोसी प्रदेश सभा सदस्य एवम् नेकपा एमाले कोशीका प्रमुख सचेतक विदुर कुमार लिङथेपले संखुवासभाको तुम्लिङटार विमानस्थलमा हवाई इन्धनको...
-
राजस्व सङ्कलनमा चाप छ, लक्ष्य भेट्ने गरी काम गरौँः अर्थमन्त्री पौडैल
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी राजस्व सङ्कलनमा गत वर्षको तुलनामा केही सुधार देखिए पनि चालु आर्थिक वर्षको...
-
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
कास्की: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनसहित खेलकुदको केन्द्र बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ...
-
सिवाईसी नेपाल लघुवित्तको साधारणसभा सम्पन्न, विपन्न नागरिकको हितलाई ध्यान दिइने
पोखरा । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले...