आजको राशिफलः २०८० साल वैशाख १९ गते मंगलवार
काठमाडौं । २०८० साल वैशाख १९ गते मंगलवार। आज ज्योतिष शास्त्रमा चन्द्रमाअनुसार दैनिक फलादेश हुने ज्योतिषविद्ले जनाएका छन् । चन्द्रमाअनुसार उनीहरूको दैनिकीका विषयमा भविष्यवाणी गरिन्छ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : हरेक क्षेत्रमा अवसरवादी हुनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । समय मध्ययम रहेकोले कुनै व्यापार व्यवसायमा लगानी गर्न केही दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमै अवरुद्ध हुन सक्छन् , ध्यान दिनुहोला ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो): सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने समय रहेको छ । व्यापार व्यवसायमा सोचेजस्तै नाफा कमाउन सकिनेछ ।लामो दूरीको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । सामाजिक कामहरु गर्न सकिने हुनाले मान मर्यादामा बृद्धि हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : । मानिससँग एकअर्कामा सामिप्यता बढेर जानेछ । समाजसेवामा समय व्यतित हुनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । आर्थिक व्यवस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमै अवरुद्ध हुन सक्छन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : दिन सामान्य छ । पढाई -लेखाईमा ध्यान जानेछ । शिक्षासँग सम्बन्धित व्यापार व्यवसायमा हात हाले सफलता हुने देखिन्छ । छोराछोरीको काममा बुवाआमा संतुष्ट हुने योग छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे): होटल तथा रेष्टुरेन्ट व्यवसायमा समय खर्चिनेहरुले प्रशस्त नाफा कमाउन सक्नेछन् । बोलीको प्रभाव बढ्ने छ । अध्ययनमा मन बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमुलक कामहरु समयमा नै सम्पन्न हुनेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो): स्वास्थ्य समस्याले सताउनेछ । बिद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुनेछ ।व्यवसायमा लगानी गरेपनि आम्दानी थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । मायाप्रेममा धोका हुनेछ भने परिवारमा झै झगडा हुँने सम्भावना अधिक रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरी भरसक लुकाउने प्रयास गर्नुहोला, अरुले आलोचना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान दिनुहोला ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : अरुलाई दिएको आश्वासन पुरा नसकिने तथा सामाजिक कामहरु समयमा सम्पन्न नहुँदा मान सम्मानमा दाग लाग्न सक्छ । दैनिक खर्च बढेर जानेछ । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : राज्यबाट गलत आक्षेपहरु लाग्न सक्छ । सेयर बजारमा लगानी गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । काम गर्दा ख्याल गर्नुहोला । सरकारी सेवामा झन्झटिला प्रक्रिया अवलम्बन गर्नुपर्दा मानसिक तनाब बढ्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : भौतिक सम्पति तथा सवारीसाधनको प्रयोग तथा परिचालनमार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाईको सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ ।व्यापार व्यवसायमा लगानी बढाएर प्रशस्त आम्दानी गर्न सकिनेछ । पढाई लेखाइमा राम्रो प्रगति गरेर नाम कमाउन सकिनेछ । शिक्षा क्षेत्रको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा): पढाई लेखाईमा सफलता हात लाग्नेछ । समय मध्ययम रहेको छ । काम गर्दा ख्याल गर्नुहोला । नातिना काममा समय व्यतित हुँदा महत्वपुर्ण कामहरु बाँकी रहनेछन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : लामो समयदेखि भेट नभएका मित्रसँग भेट हुनेछ । माया प्रेममा आत्मियताको बढोत्तरि हुनेछ भने रमाईलो यात्राको तय हुनेछ । पढाई लेखाईमा सफलता हात लाग्नेछ । भौतिक सम्पति तथा मानव निर्मित वस्तुहरु प्राप्तिको गतिलो योग छ ।
Comments
अरु समाचार
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...












