रविजीको ड्राइभर शम्मु भाइको हत्या भएको नहोस् : महेस बस्नेत
काठमाडौं । घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) को मंगलबार निधन भएको छ । थापा उप-निर्वाचनको समयमा चितवनस्थित लामिछानेको घरको तेस्रो तलाबाट खसेर गम्भीर घाइते हुनु भएको थियो ।
चालक थापाको काठमाडौंमा उपचारका क्रममा निधन भएको हो । तर सभापति लामिछानेका चालक थापाको छतबाट लडेर गम्भीर घाइते भइ मृत्यु भएको घटनाप्रति विभिन्न प्रतिक्रिया आइरहेका छन् । सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले घटनाको सम्बन्धमा पार्टीले यर्थाथ कुरा बाहिर ल्याउनु पर्नेमा जोड दिइएको छ ।
यसैबीच, नेकपा एमालेका नेता महेश बस्नेतले चालक थापाको हत्या भएको नहोस् र कसैले आत्महत्याको दुरुत्साहन पनि नगरेको होस् भन्ने जनाउनु भएको छ । नेता बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै रास्वपाका सभापति लामिछानेलाई गुडलक र मृतक थापाप्रति हार्दिक श्रद्धान्जली भन्नु भएको छ । नेता बस्नेतले लेख्नु भएको स्टाटसप्रति विभिन्न कमेन्ट्सहरु लेखिएका छन् ।
नेता बस्नेत सामाजिक सञ्जालमा लेख्नुहुन्छ, रविजीको ड्राइभर शभ्मु भाइको हत्या भएको नहोस् । आत्महत्या भएको होस् । कसैले आत्महत्या दुरुत्साहन नगरेको होस् । अझ दुर्घटना भएको होस् । गुडलक रविजी र रास्वपा । हार्दिक श्रद्धान्जली शम्भु थापा भाइ ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...
-
म्याद सकिएका औषधि व्यवस्थापनमा अनियमितता, फार्मेसी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरको फार्मेसी युनिटका फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित आठ जनाविरुद्ध दुई करोड ९१ लाख ३४...












