डोको बुनेरै बित्यो ५० वर्ष, ७० वर्षमा पनि उस्तै जोस
म्याग्दी । म्याग्दीका चुमबहादुर विक र माइला सार्कीको बसोबास फरक छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका चुमबहादुर विक र बेनी नगरपालिकाका गजबहादुर (माइला) सार्की एकापसमा परिचित हुनुहुन्न तर उहाँहरुको पेसा भने एउटै छ । दुवैले ७०औँ वसन्त पार गर्नुभएको छ ।
उन्नाइस वर्षको उमेरदेखि चोयासँग खेल्न थाल्नुभएका मालिका गाउँपालिका–५ देविस्थानका विकको अहिले ७१ वर्षमा लाग्दासमेत चोयाँसँगको साथ छुटेको छैन । उहाँकोे जस्तै अवस्था छ बेनी नगरपालिका– २ ज्यामरुककोटका ७१ वर्षीय सार्कीको पनि । अहिलेसम्म डोको–डालो बुनेरै उहाँहरूले जीवन गुजारी रहनुभएको छ ।
बिहान उठेदेखि राति नसुतुन्जेलसम्म चोयाँसँग खेल्दै उहाँहरूको समय बित्छ । गहुँगोरो वर्णका फरासिला चुमबहादुरको शरीर बुढ्यौलीले कुप्रिएको छ । कान कम सुने पनि २० वर्षे लक्का जवानको जस्तै फुर्तिलो ढङ्गले काम गरेको देख्दा उहाँलाई बुढ्यौलीले छोएको महसुस नहुने नाति शकबहादुर विकले बताउनुभयो । वनमा निगालोे खोजेर चोयाँ निकाल्दै जवानीका रमाइला दिन बिताइसक्नु भएका विकले डोका बिक्री गरेर कमाएको पैसाले अहिलेसम्म घर व्यवहार चलाउँदै आएको बताउनुभयो ।
‘छोराहरू विदेशमा छन्, अहिले दुःख गर्नुपर्ने कुनै बाध्यता त छैन तर त्यसै बस्न मनै लाग्दैन’ उहाँले भन्नुभयो । अहिले दिनमा दुई वटासम्म डोका बुन्ने गरिन्छ । एउटा डोकाको तीन सय ५० देखि छ सय सम्ममा बिक्री हुन्छ । आफूले बुनेका डोका मान्छे लगाएर दरवाङ बजारमा लगेर बिक्री गर्दै आइएको र यसबाट मासिक रु १५ हजारदेखि रु २२ हजारसम्म आम्दानी हुने विकको भनाइ थियो ।
उहाँजस्तै ज्यामरुककोटका माइलाले पनि डोको बुनेरै मासिक २० हजार भन्दा बढी आम्दानी गर्दै आउनुभएको र यसैबाट आफ्ना छ/छ परिवारको पालनपोषण, शिक्षा दीक्षा र औषधोपचार गर्दै आउनुभएको छ । बुढ्यौलीले छोए पनि डोको बुन्न माइलाको जोश र जाँगर जवानी अवस्थाको जस्तै देखिन्छ । बिहानदेखि रात नपरुञ्जेलसम्म डोको बुनेर दिन बितेको उहाँलाई पत्तै हुँदैन । ‘डोको बुन्ने कामले उमेर ढल्कँदै गएको ख्यालै भएन, अझै पनि जवानी नै छु जस्तो लाग्छ तर हिसाब गर्दा ७० पो काट्न लागेछु” माइलाले भन्नुभयो । माइलाको वास्तविक नाम गजबहादुर हो तर उहाँलाई सबैले माइला नै भन्ने गर्दछन् । उहाँको हातको सीप नै घरमै बसिबसी दिनहुँ आम्दानी गर्ने माध्यम बनेको छ ।
अति विपन्न परिवारका माइलाको परिवारको जीविका अहिले यसैबाट चलेको छ । पहिले–पहिले डोको, थुन्से, भकारी बुनेर घर घरमा बिक्रीका लागि पुग्ने गरेकामा अहिले उहाँकै घरमै ग्राहक दिनहुँ आउने गरेका छन् । माइलाले आफ्नै कमाईबाट छोरा छोरीलाई पढाउनाका साथै विवाहसमेत गराइसक्नु भएको छ । गाउँघरमा थुन्से, भकारीको चलनचल्ती कम हुँदै जाँदा उहाँले पनि डोको उत्पादनलाई नै बढी प्राथमिकता दिने गर्नुभएको छ ।
दिनमा तीन वटादेखि पाँच वटासम्म डोको बुन्न सकिने र यसबाट मासिक २० हजार जति आम्दानी हुने माइलाले बताउनुभयो । उउटा डोको रु २५० देखि रु ३५० सम्ममा बिक्री हुने हुन्छ । मेहनत गरियो भने पैसा कमाउनकै लागि अन्यत्र धाउनु पर्दैन भन्ने गतिलो उदाहरण माइला सार्कीले प्रस्तुत गर्नुभएकोे स्थानीय समाजसेवी झकबहादुर थापाले बताउनुभयो ।
‘डोकोको माग अत्यधिक हुने गरेकाले पु¥याउन मुस्किल परेको छ । पहिले नै अर्डर हुन्छ, ग्राहकको माग बढ्दो छ, कसरी पुर्याउने ?’ माइलाले भन्नुभयो, ‘आफूले बुनेको डोको बलियो र धेरै समयसम्म टिक्ने भएकाले टाढाटाढाबाट ग्राहक आउने गरेका छन् ।’ विक र सार्की मात्रै होइन, ५०औँ वसन्त पार गरेका अधिकांश गाउँका पाका व्यक्ति अहिले पनि डोको,भकारी,नाम्लोजस्ता सामग्रीहरु वनाउने गर्दछन् । कृषि पेसाप्रति घट्दो आकर्षण र आयातित सामाग्रीहरुको बढ्दो प्रयोगले पाका उमेरका व्यक्तिको रैथाने सीपले भने बजार पाउन हम्मेहम्मे पर्ने गरेको उहाँहरुको गुनासो थियो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












