मुगु हिमपहिरोमा पुरिएकाको खोजउद्धार अझै हुन सकेन
मुगु । यही वैशाख २२ गते मुगु कार्मारोङ गाउँपालिका–२ मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा पुरिएकाको खोज उद्धार हुन सकेको छैन । उक्त घटनामा पातारासी गाउँपालिका–२ जुम्ला तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्कीका हिउँमा पुरिएर मृत्यु भएको र ४० वर्षीय तारासिंह सार्की तथा ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएका थिए । कर्णाली प्रदेश सरकारले सोमबारदेखि खोज उद्धार टोली मुगु कार्मारोङ गाउँपालिकामा सोमबार पुर्याए पनि मृतकको शव पत्ता लगाउन सकिएको छैन ।
सशस्त्र प्रहरीको १०, नेपाल प्रहरीको ११ र दुई जना घटनाका प्रत्यक्षदर्शी गरेर २३ जनाको टोली घटनास्थलमा पुगेको तर उनीहरू नै जोखिम अवस्थामा रहेको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, विपद् शाखाका प्रमुख कृष्णबहादुर रोकायले जानकारी दिनुभयो ।
‘सुर्खेतबाट मुगु गमगढी हुँदै सुरक्षाको खोज तथा उद्धार टोलीलाई मुगुमा कार्मारोङ गाउँपालिका पु¥याइएको छ’, उहाँले भन्नुभयो, ‘उनीहरू भएको ठाउँबाट घटनास्थलमा पैदल जान अझै पाँच घण्टा लाग्दो रहेछ ।’ हिमपात बढी र भौगोलिक कठिनाइका कारण उद्धार कार्य जटिल बनेको शाखा प्रमुख रोकायले बताउनुभयो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले सुरक्षा टोली सोमबारदेखि खोज उद्धारमा लागेको यद्यपि हराएको भनिएको ठाउँमा दश फिट जति हिमपात भएकाले हराएका भेट्टाउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उनीहरू दिउँसो करिब छ घण्टा समय लगाएर घटनास्थल पुग्छन् तर साँझ बस्ने ठाउँ फर्किनुपर्छ । यसले गर्दा समस्या भइरहेको छ । आवश्यकतामा थप बल पनि पठाउँछौँ ।’
जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले खोज उद्धार भइरहे पनि घटनास्थल सोली आकारको भएकाले घाम लाग्दा पग्लेर हिउँपहिरो थपिरहँदा समस्या भएको बताउनुभयो । उहाँका अनुसार खोज उद्धारमा खटिए पनि टोली बेसक्याम्प आउनुपर्छ । बेपत्ताको खोजीमा जाँदा खोज उद्धार टोली नै जोखिममा रहेकाले अवस्था सोचनीय र संवेदनशील रहेको उहाँले जनाउनुभयो ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते !
काठमाडाैं । हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा: सिएमसी नेपाल
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...












