ताजा समाचार

बालकृष्ण खाणलाई जिल्ला प्रहरी परिसर टेकु पुर्‍याइयो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई जिल्ला प्रहरी परिसर टेकु पुर्‍याइएको छ । चावहिलस्थित मैजुबहालबाट खाणलाई बुधबार बिहान प्रहरीले समातेको थियो । पक्राउ पुर्जी जारी नभएको हुँदा खाणलाई ‘जरुरी पक्राउ पुर्जी’ थमाएर पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

उनलाई प्रहरीको उच्च सुरक्षा निगरानीमा टेकु ल्याइएको छ । म्याद थपका लागि केहीबेरमा अदालत लैजाने तयारी छ । टेकु परिसरमा अहिले पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । प्रहरीले मेन गेट बन्द गरेको छ । खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org