आज अपरा (अचला) एकादशी व्रत गरिँदै
काठमाडौं । ज्येष्ठ कृष्ण पक्षमा पर्ने अपरा अर्थात् अचला एकादशीको व्रत आज गरिँदै छ । अपरा ९अचला० एकादशीका बारेमा कृष्णले युधिष्ठिरलाई बताएको वर्णन पुराण एवं धर्मशास्त्रका ग्रन्थमा गरिएको छ । पुराण–अनुसार ज्येष्ठ कृष्ण पक्षको एकादशी अपरा एकादशी हो, किनभने यसले अपार धनसम्पदा प्रदान गर्दछ । यस दिन भगवान् त्रिविक्रमको पूजा गर्ने गरिन्छ ।
यो व्रतको प्रभावले ब्रह्महत्या, भूतयोनि, परनिन्दा आदिबाट उत्पन्न भएका सबै पाप नष्ट हुने जनविश्वास छ । युद्धभूमिबाट भाग्ने क्षत्रीय नरकगामी हुन्छन, अपरा एकादशीको व्रत लिनाले ती पनि स्वर्ग पुग्दछन । जो शिष्य गुरूसित शिक्षा ग्रहण गरेर पुनः उनकै निन्दा गर्दछन ती पनि नरकगामी हुन्छन् तर अपरा एकादशीको व्रत गर्नाले ती पनि यस पापबाट मुक्त हुने शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटाले बताउनुभयो ।
जुन फल तीनैवटा पुष्कर तीर्थमा कार्तिक पूर्णिमाका दिन स्नान गर्नाले वा गंगा तटमा पितृहरूलाई पिण्डदान गर्नाले प्राप्त हुन्छ, त्यो फल अपरा एकादशीको व्रत गर्नाले प्राप्त हुने धार्मिक मान्यता समेत छ । मकरको सूर्यमा प्रयागराजको स्नानबाट, शिवरात्रिको व्रत गर्नाले सिंह राशिको बृहस्पतिमा गोमती नदीको स्नानबाट, कुम्भमा केदारनाथको दर्शन वा बद्रीनाथको दर्शन, सूर्यग्रहणमा कुरुक्षेत्रको स्नानबाट, स्वर्णदान गर्नाले जुन फल प्राप्त हुन्छ, त्यही फल अपरा एकादशीको व्रतबाट प्राप्त हुन्छ ।
यो व्रत पापरूपी वृक्षलाई काटने बन्चरो, पापरूपी इन्धनलाई बाल्ने अग्नि, पापरूपी अन्धकारलाई मेटाउने सूर्य, मृगलाई मार्ने सिंह समान छ । अतः मनुष्यले पापसित डराउँदै यस व्रतलाई अवश्य पालना गर्नु पर्दछ । अपरा एकादशीको व्रत तथा भगवान्को पूजन गर्नाले मनुष्य सबै पापबाट मुक्त भई विष्णु लोकमा पुग्ने भनी ग्रन्थमा उल्लेख गरिएको उहाँले सुनाउनुभयो । स्मार्तहरुले यो व्रत सोमबार नै गरेका छन् । वैष्णवहरुले भने आज अपरा अर्थात् अचला एकादशीको व्रत गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...












