रसा गुरुङलाई सहरभन्दा भेडीगोठ नै प्यारो
न्यूज नेपाल
गलकोट । सन्ताउन्न वर्षीय रसा गुरुङको भेडीगोठमा अहिले दुई सय ५० भेडा छन् । सानै उमेरदेखि बाबुबाजेसँगै भेडा पालनमा होमिनुभएका उहाँले भेठीगोठको कष्टकर जीवनलाई पनि खुसीमा परिणत गर्दै आउनुभएको छ । पुर्वी रुकुमको लुकुम निवासी गुरुङ भेडा चराउनका लागि अहिले बागलुङ र पूर्वी रुकुमको सिमाना पातीहाल्नेको भेडीगोठमा एक महिनादेखि हुनुहुन्छ । अहिले उक्त भेडी गोठमा गुरुङसहित चार भेडी गोठालाका एक हजार १०० भेडा छन् ।
‘सानै उमेरदेखि बाबुबाजेसँगै भेडा चराउन जङ्गलमा आइयो, यही पेसालाई निरन्तरता दिनुपर्दछ भन्ने सोच पलाएकाले चार वर्ष विदशी सहर बजारको रमाइलो भन्दा भेडीगोठमै आनन्द आउँदो रहेछ’, भेडी गोठाला गुरुङले भन्नुभयो, ‘आफ्नै परम्परागत भेडापालनमै सन्तुष्ट बन्न सकेँे, अहिले भेडा चराउँदै बागलुङको सिमानामा आएका छौँ, असारसम्म बागलुङको ढोरपाटनस्थित बुकी पुग्नेछौँ । बागलुङ, रोल्पा, रुकुम, प्यूठान लगायतबाट हजारौँ भेडाको जमघट बुकीमा हुनेछ ।’
अहिले भेडा खरिदका लागि रोल्पा, रुकुम र बागलुङबाट भेडीगोठमै खरिदकर्ता आइपुगेका र थुम्बोलाई रु ३० हजारमा गोठबाटै बिक्री हुँदै आएको छ । ‘भेडा पालनमा निकै दुःख छ तर जति दुःख भए पनि पुर्खाले गरेको पेसामा रमाउने बानी प¥यो, भेडा बिक्री हुँदा आनन्द आउँछ,’ गुरुङले भन्नुभयो, ‘लुकुमबाट सुरु भएको भेडा चराउने यात्रा बागलुङको बुकीमा पुगेपछि पुन ः फर्किने क्रम सुरु हुन्छ, लुकुममा मात्रै सयजनाभन्दा बढीको भेडाका बथान छन्, हामीलाई सहर बजारभन्दा जङ्गलकै भेडीगोठ प्यारो लाग्छ ।’
भेडा चराउन जङ्गल आउँदा फुर्सद नभएर भेडा फार्म दर्ता गर्न कठिन भएकाले सरकारले गोठमै आएर भेडा फार्म दर्ताको अभियान चलाउनुपर्ने उहाँको उहाँको माग थियो ।भेडामा रोग लाग्दासमेत जङ्गलकै जडीबुटी खुवाएर उपचार गराउने गरिएको तर फार्म दर्ता गर्ने, अनुदान ल्याउने तथा उपचारका लागि प्राविधिक बोलाउन फुर्सदै नभएको गुरुङको भनाइ थियो ।
आम्दानीका हिसाबले भेडापालन राम्रो भए पनि लामो झरी र हिउँ पर्दा भेडा मर्ने भएकाले नोक्सानीसमेत व्यहोर्नुपर्ने हुन्छ ।राम्रो घाँस पाइने भएकाले बर्खामा सबै भेडा बुकीमा लैजाने गरिएको अर्का भेडापालक ३४ वषीय जोरप्रसाद घर्तीले जानकारी दिनुभयो । चार सय भेडा पाल्दै आउनुभएका उहाँ पनि बुबालाई पछ्याउँदै भेडा पालनमा रमाउँदै आउनुभएको छ ।
‘पानी पर्दा र हिउँ पर्दा निकै समस्या हुन्छ, बेमौसमी वर्षाका कारण चिसोले ६० भेडा गत वैशाख दोस्रो साता मरेका थिए, भेडा चराउँदै लैजाँदा दाङसम्म पुगिन्थ्यो, त्यहाँ छेरुवा रोग लागेपछि अहिले चार/पाँच वर्षभयो बुकीतर्फ लान थालेका छौँ’, भेडापालक जोरप्रसादले भन्नुभयो, ‘बाबुबाजेले गरेको पेसाप्रति गर्व लाग्छ, भेडापालनमा धेरै दुःख कष्ट छ तर सन्तुष्टी भने विदेशमा भन्दा भेडीगोठमै हुन्छ भेडापालनको आम्दानीले परिवार पाल्न पुगेकै छ । अर्काको देशमा गएर ज्याला मजदुरी गर्नुभन्दा आफ्नै देशमा भेडा गोठालो हुनु मलाई राम्रो लाग्छ।’
भेडापालक किसनालाई सरकारले कुनै सहयोग गुनासो गर्दै उहाँले लगातार पानी परे भोकै भेडा मर्ने र जङ्गली जनावारको आक्रमणले पनि चुनौती भइरहेको बताउनुभयो । ‘बुकीतर्फ जाँदै छौँ अहिले, भेडा चराउँदै असारसम्म बुकी पुगिन्छ, बुकीको घाँसमा चरेका भेडा स्वस्थकर हुन्छन् र मूल्य पनि बढी पर्दछ जब बुकीमा हिउँ पर्न थाल्छ तब हामी पुनः भेडा लिएर बुकीबाट झर्ने गर्दछौँँ, भरियालाई बोकाएर गोठालो खर्च लगिन्छ” जोरप्रसादले भन्नुभयो ‘भेडा गोठालाको छुट्टै संसार छ, लेकमा मोबाइलसमेत चल्दैन, अत्यावश्यक परे खबर पठाउने हो, नभए दुई महिना भूमिगत जस्तै भइन्छ, हामी गोठमै रमाउनेलाई सहर बजारको त्यति चासो छैन ।’
भेडापालन छोडेर वैदेशिक रोजगारीमा गए पनि राम्रो कमाइ नभएकाले पुनः भेडापालनमै फर्किएको र अब विदेश नजाने उहाँले बताउनुभयो ।अस्थायी भेडीगोठ निर्माण गर्दै भेडा चराउँदै हिँड्दा निकै दुःखकष्ट भए पनि यही परम्परागत पेसामै सन्तुष्ट हुँदै आएको अर्का भेडी गोठाला सत गुरुङले बताउनुभयो । ‘पातीहाल्नेमा अहिले एक हजार १०० भेडा एउटै गोठमा छन् । चरनका लागि बाहिर ल्याउँदा आ–आफ्नो छुट्टाइन्छ, अब हिमलतर्फ लाग्ने दिन आयो’ गुरुङले भन्नुभयो ‘यस पटक बेमौसमी वर्षाका कारण यही गोठमा ६० भेडा मरे, अहिले घाटा भयोे ।’ भेठीगोठको कष्टकर दिनचर्याबाट बचत भएको आम्दानीले परिवार पाल्दै छोराछोरीलाई अध्ययनका लागि पुग्ने गरेको उहाँले बताउनुभयो ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...
-
बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित सरकारले ‘सुझाव सङ्कलन पोर्टल’...
-
बजार सुशासनका लागि आजदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने...
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...












