रवि लामिछानेले नीतिविहीन पपुलिष्ट पोलिटिक्स गरेको टिप्पणी
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ भनेर नीति विहीन, उद्देश्यविहीन पपुलिष्ट पोलिटिक्स गरेको टिप्पणी गर्नु भएको छ । उहाँले पपुलिष्ट कुरा गर्नेहरु र छोएरै उपचार गर्छु भनेर भिड जम्मा गर्ने सीमान्त गुरुमा केही अन्तर नभएको बताउनु भयो ।
उहाँले फेसबुकमा लेख्नु भएको छ, ‘पुरानो होइन नयाँ भनेर नीति विहीन, उद्देश्यविहीन पपुलिष्ट पोलिटिक्स गर्नेहरूले ठिक र बेठिक छुट्ट्याउने द्वन्द्वात्मक चेतनाबाट समाजलाई विमुख बनाइरहेका छन् । यसरी उद्देश्य विहीन पपुलिस्ट कुरा गर्नेहरु र छोएरै उपचार गर्छु भनेर भिड जम्मा गर्ने सीमान्त गुरुमा के अन्तर भयो र रु दुवै थरी जनताको निराशाको लाभ लिन खोजिरहेका छन् ।’
संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि तथ्यगत रूपमा आफूलाई प्रस्तुत गर्दा पनि गफ ठान्नेको प्रति असन्तुष्टि जनाउनु भयो । ‘कहाँ चुकेको छ सरकार रु नीति तथा कार्यक्रमले के कुरालाई सम्बोधन गर्नु पर्दथ्यो भन्ने कुरामा विपक्षी दलका नेताले तथ्यगत रूपमा आफूलाई प्रस्तुत गर्दा पनि गफ ठान्ने जमातले नबोलिकन राष्ट्रलाई डुबाउने देउवा र खुलेआम लुट मच्चाएर शान्ति प्रक्रियाको दुहाई दिने प्रचण्डको पैरवी गर्नु कुनै अनौठो कुरा होइन’ ,उहाँले लेखनु भएको छ । सत्यलाई स्थापित गर्न कठिन भयो भनेर सत्यको मार्ग छोड्न नहुने उहाँको भनाइ छ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...











