चलखेलका कारण अख्तियार प्रमुख राईलाई विवादमा मुछेको टिप्पणी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईमाथि भुटानी शरणर्थी प्रकरणमा विवाद निकाल्नु उचित नभएको टिप्पणी भएको छ । अख्तियार प्रमुख राईलाई हटाउन चाहने पंक्तिले चलखेल गरेर अनावश्यक विवादमा तानेको पूर्वसचिव शारदाप्रसाद त्रिताल बताउनुहुन्छ ।
हाल प्रभावकारीरुपमा काम गरिरहेका अख्तियार प्रमुख राईमाथि प्रमुख बन्न चाहने पंक्तिले विवादमा मुछ्नु स्वार्थको कारण भएको त्रिताललगायतको बुझाइ छ । अख्तियार प्रमुख राईमाथि अहिले भुटानी शरणार्थीको विषयमा जे आरोप लागेको छ, त्यसको सत्यतामाथि नै प्रश्न रहेको पूर्वसचिव त्रितालको ठहर छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा राईलाई अनावश्यक विवादमा तानेर आफू अख्तियार प्रमुख हुन खोज्दै एकदुई जनाले चलखेल गरेको त्रितालको टिप्पणी छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालयले भने ३० जनालाई प्रतिवादी बनाउँदै बुधवार मुद्दा दर्ता गरेकोे छ । सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा उनीहरुविरुद्ध मुद्धा दर्ता गरेको हो । प्रहरीले पठाएको रायमा सरकारी कीर्ते र एकीकृत कसुर थपेर ३० जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको कार्यालयले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुविरुद्ध ५ वटा कसुरमा मुद्दा दर्ता गरिएको बुझिएको छ । उनीहरुविरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसूर र संगठित अपराध मुद्दामा कारवाही गर्न माग गरिएको सरकारी वकिल कार्यालय स्रोतले केही सञ्चारमाध्यमलाई जानकारी दिएको छ ।
यो प्रकरणमा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँण, पूर्वसभासद आङटावा शेर्पा, गृहमन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो । मुद्दा दर्ता गरिएकामध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् ।
एकातिर सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध मुद्धा दर्ता गरेको छ । अर्कातिर केही उच्च पदाधिकारी पनि यस प्रकरणमा विवादमा तानिएका छन् । तर सत्यतालाई ख्याल नगरिकन व्यक्तिगत स्वार्थको आधारमा आफूहरुलाई विवादमा मुछ्न खोजेको उनीहरुको दाबी छ । अख्तियार प्रमुख राईले भने आफूमाथि लागेको आरोपको छानबिन गर्न संसदलाई आग्रह गर्नसक्ने पूर्वसचिव त्रितालको भनाइ छ ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












