कोशी प्रदेश सरकार स्थापनापछि विकासका काममा फड्को
विराटनगर । कोशी प्रदेश सरकार स्थापनापछि प्रदेशमा विकासले गति लिएको छ । जनतालाई महसुस हुने गरी प्रदेश सरकारले सडक निर्माणलाई तीव्रता दिएको तथ्याङ्कले देखाएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयकाले आर्थिक वर्ष २०७५र७६ देखि आव २०७९र८० को हालसम्मको अवधिमा सडक मर्मत, ग्रावेल, कच्ची सडक, ढलान सडक, सोलिङ सडक, सडक ट्रयाक खोल्ने र कालोपत्रे गरी तीन हजार चार सय ९५ दशमलव ७१ किलोमिटरमा काम भएको मन्त्रालयका सूचना अधिकृत इञ्जिनियर ललित चौधरीले जानकारी दिए ।
आव २०७५र७६ मा सडक मर्मततर्फ ६०१, आव २०७६र७७ मा ६१ दशमलव ५४, आव २०७७र७८ मा ५१ दशमलव १३, आव २०७८र७९ मा एक सय छ दशमलव १६ र आव २०७९र८० मा ७३ दशमलव २७ गरी जम्मा आठ सय ३९ दशमलव नौ गरी आठ सय ८३ दशमल शून्य नौ किलोमिटर सम्पन्न गरिएको छ । आव २०७५र७६ मा ग्रावेल सडकतर्फ एक सय २८ दशमलव नौ, आव २०७६र७७ मा दुई सय ११ दशमलव ३५, आव २०७७र७८ मा एक सय ७५ दशमलव ३१, आव २०७८र७९ मा तीन सय ८० दशमलव १९ र आव २०७९र८० मा ७४ दशमलव ८० गरी नौ सय ७० दशमलव ५५ किलोमिटर निर्माण गरिएको छ ।
कच्ची सडकतर्फ आव २०७५र७६ मा एक सय ८१ दशमलव तीन, आव २०७६र७७ मा चार सय ७७ दशमलव ८२, आव २०७७र७८ मा एक सय नौ दशमलव १९, आव २०७८र७९ मा ९१ दशमलव शून्य सात र आव २०७९र८० मा एक सय २५ गरी नौ सय ८४ दशमलव ३७ किलोमिटर निर्माण गरिएको छ । सडक कालोपत्रेतर्फ आव २०७५र७६ मा २६ दशमलव १८, २०७६र७७ मा आव ५२ दशमलव २१, आव २०७७र७८ मा ४० दशमलव ६१, आव २०७८र७९ मा ९८ दशमलव ७२, र आव २०७९र८० मा एक सय २३ दशमलव ६७ गरी तीन सय ४१ दशमलव ३९ किलोमिटर निर्माण सम्पन्न गरिएको छ ।
सोही अवधिमा ढलान सडकतर्फ १० दशमलव २६ , सोलिङ्ग सडकतर्फ २२ दशमलव १९ किलोमिटर सडक निर्माण गरिएको सूचना अधिकृत चौधरीले बताए। सोही अवधिमा दुई सय ७३ दशमलव ८६ किलोमिटर सडकको ट्रयाक खुला गरिएको छ । मन्त्रालयले आव २०७५र७६ मा मोटरेवल पुल १०, आव २०७६र७७ मा १२, आव २०७७र७८ मा आठ, आव २०७८र७९ मा २५ र आव २०७९र८० मा ११ गरी ६६ बटा निर्माण सम्पन्न गरिएको जानकारी दिएको छ । सो अवधिमा एक सय २६ बटा झोलुङ्गले पुल निर्माण सम्पन्न गरिएको छ ।
सो अवधिमा सामुदायिक भवन एक सय पाँच वटा निर्माण सम्पन्न भइसकेका छन् भने एक सय ५७ वटा निर्माणाधीन अवस्थामा छन् । सरकारी भवनतर्फ ३३ निर्माण सम्पन्न भएको छ भने छ वटा निर्माणाधीन अवस्थामा छन् । खेलकुद पूर्वाधारतर्फ ५० वटा निर्माण सम्पन्न भएका छन् भने छ वटा निर्माण भइरहेका छन् ।सो अवधिमा एकीकृत वस्ती विकासतर्फ ५४ निर्माण सम्पन्न भएका छन् भने १२ वटा निर्माणाधीन छन् । जनता आवास कार्यक्रमअन्तर्गत चार हजार पाँच सय ५१ निर्माण सम्पन्न भएका छन भने दुई हजार चार सय २८ निर्माणाधीन अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।
सहरी सडक ९ढलान०तर्फ तीन हजार सात सय ५० किलोमिटर सम्पन्न भइसकेको छ भने नौ दशमलव पाँच किलोमिटर निर्माण भइरहेको छन् । सहरी सडक कालोपत्रेतर्फ १८ किलोमितटर निर्माण सम्पन्न भइसकेको छ भने चार दशमलव २५ किलोमिटर निर्माणाधिन अवस्थामा रहेको मन्त्रालयको भनाइ छ । समीक्षा अवधिमा ४६ वटा पार्क निर्माण भइसकेका छन् भने १० वटा निर्माण भइरहेका छन् ।
साथै १८ वटा बसपार्क निर्माण भइसकेको छ भने चार निर्माणको अवस्थामा रहेको छन् । त्यसैगरी गेट तथा भ्यूटावरतर्फ ११ वटा निर्माण सम्पन्न भइसकेका छन् भने पाँच वटा निर्माण भइरहेको मन्त्रालयका सूचना अधिकृत चौधरीले बताए । सोही अवधिमा प्रहरी भवनतर्फ २९ वटा र अन्य पूर्वाधारतर्फ ४२ वटा निर्माण सम्पन्न भइसकेका छन् भने १८ वटा निर्माणाधीन अवस्थामा छ ।यसैगरी अन्य मर्मत सम्भारतर्फ एक सय ४८ वटा सम्पन्न भइसकेका छन् भने १८ निर्माण हुने क्रममा छन् । मन्त्रालयका अनुसार उक्त अवधिमा भवन, खेलकुद मैदान, पार्कलगायत डिपीआरतर्फ एक सय २५ सम्पन्न भइसकेका छन् भने १० वटा हुने क्रममा छन् ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












