कोशी प्रदेश सरकार स्थापनापछि विकासका काममा फड्को
विराटनगर । कोशी प्रदेश सरकार स्थापनापछि प्रदेशमा विकासले गति लिएको छ । जनतालाई महसुस हुने गरी प्रदेश सरकारले सडक निर्माणलाई तीव्रता दिएको तथ्याङ्कले देखाएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयकाले आर्थिक वर्ष २०७५र७६ देखि आव २०७९र८० को हालसम्मको अवधिमा सडक मर्मत, ग्रावेल, कच्ची सडक, ढलान सडक, सोलिङ सडक, सडक ट्रयाक खोल्ने र कालोपत्रे गरी तीन हजार चार सय ९५ दशमलव ७१ किलोमिटरमा काम भएको मन्त्रालयका सूचना अधिकृत इञ्जिनियर ललित चौधरीले जानकारी दिए ।
आव २०७५र७६ मा सडक मर्मततर्फ ६०१, आव २०७६र७७ मा ६१ दशमलव ५४, आव २०७७र७८ मा ५१ दशमलव १३, आव २०७८र७९ मा एक सय छ दशमलव १६ र आव २०७९र८० मा ७३ दशमलव २७ गरी जम्मा आठ सय ३९ दशमलव नौ गरी आठ सय ८३ दशमल शून्य नौ किलोमिटर सम्पन्न गरिएको छ । आव २०७५र७६ मा ग्रावेल सडकतर्फ एक सय २८ दशमलव नौ, आव २०७६र७७ मा दुई सय ११ दशमलव ३५, आव २०७७र७८ मा एक सय ७५ दशमलव ३१, आव २०७८र७९ मा तीन सय ८० दशमलव १९ र आव २०७९र८० मा ७४ दशमलव ८० गरी नौ सय ७० दशमलव ५५ किलोमिटर निर्माण गरिएको छ ।
कच्ची सडकतर्फ आव २०७५र७६ मा एक सय ८१ दशमलव तीन, आव २०७६र७७ मा चार सय ७७ दशमलव ८२, आव २०७७र७८ मा एक सय नौ दशमलव १९, आव २०७८र७९ मा ९१ दशमलव शून्य सात र आव २०७९र८० मा एक सय २५ गरी नौ सय ८४ दशमलव ३७ किलोमिटर निर्माण गरिएको छ । सडक कालोपत्रेतर्फ आव २०७५र७६ मा २६ दशमलव १८, २०७६र७७ मा आव ५२ दशमलव २१, आव २०७७र७८ मा ४० दशमलव ६१, आव २०७८र७९ मा ९८ दशमलव ७२, र आव २०७९र८० मा एक सय २३ दशमलव ६७ गरी तीन सय ४१ दशमलव ३९ किलोमिटर निर्माण सम्पन्न गरिएको छ ।
सोही अवधिमा ढलान सडकतर्फ १० दशमलव २६ , सोलिङ्ग सडकतर्फ २२ दशमलव १९ किलोमिटर सडक निर्माण गरिएको सूचना अधिकृत चौधरीले बताए। सोही अवधिमा दुई सय ७३ दशमलव ८६ किलोमिटर सडकको ट्रयाक खुला गरिएको छ । मन्त्रालयले आव २०७५र७६ मा मोटरेवल पुल १०, आव २०७६र७७ मा १२, आव २०७७र७८ मा आठ, आव २०७८र७९ मा २५ र आव २०७९र८० मा ११ गरी ६६ बटा निर्माण सम्पन्न गरिएको जानकारी दिएको छ । सो अवधिमा एक सय २६ बटा झोलुङ्गले पुल निर्माण सम्पन्न गरिएको छ ।
सो अवधिमा सामुदायिक भवन एक सय पाँच वटा निर्माण सम्पन्न भइसकेका छन् भने एक सय ५७ वटा निर्माणाधीन अवस्थामा छन् । सरकारी भवनतर्फ ३३ निर्माण सम्पन्न भएको छ भने छ वटा निर्माणाधीन अवस्थामा छन् । खेलकुद पूर्वाधारतर्फ ५० वटा निर्माण सम्पन्न भएका छन् भने छ वटा निर्माण भइरहेका छन् ।सो अवधिमा एकीकृत वस्ती विकासतर्फ ५४ निर्माण सम्पन्न भएका छन् भने १२ वटा निर्माणाधीन छन् । जनता आवास कार्यक्रमअन्तर्गत चार हजार पाँच सय ५१ निर्माण सम्पन्न भएका छन भने दुई हजार चार सय २८ निर्माणाधीन अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।
सहरी सडक ९ढलान०तर्फ तीन हजार सात सय ५० किलोमिटर सम्पन्न भइसकेको छ भने नौ दशमलव पाँच किलोमिटर निर्माण भइरहेको छन् । सहरी सडक कालोपत्रेतर्फ १८ किलोमितटर निर्माण सम्पन्न भइसकेको छ भने चार दशमलव २५ किलोमिटर निर्माणाधिन अवस्थामा रहेको मन्त्रालयको भनाइ छ । समीक्षा अवधिमा ४६ वटा पार्क निर्माण भइसकेका छन् भने १० वटा निर्माण भइरहेका छन् ।
साथै १८ वटा बसपार्क निर्माण भइसकेको छ भने चार निर्माणको अवस्थामा रहेको छन् । त्यसैगरी गेट तथा भ्यूटावरतर्फ ११ वटा निर्माण सम्पन्न भइसकेका छन् भने पाँच वटा निर्माण भइरहेको मन्त्रालयका सूचना अधिकृत चौधरीले बताए । सोही अवधिमा प्रहरी भवनतर्फ २९ वटा र अन्य पूर्वाधारतर्फ ४२ वटा निर्माण सम्पन्न भइसकेका छन् भने १८ वटा निर्माणाधीन अवस्थामा छ ।यसैगरी अन्य मर्मत सम्भारतर्फ एक सय ४८ वटा सम्पन्न भइसकेका छन् भने १८ निर्माण हुने क्रममा छन् । मन्त्रालयका अनुसार उक्त अवधिमा भवन, खेलकुद मैदान, पार्कलगायत डिपीआरतर्फ एक सय २५ सम्पन्न भइसकेका छन् भने १० वटा हुने क्रममा छन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











