यात्रु बोकेर सांघाईबाट बेइजिङ उड्यो चीनले बनाएको सी९१९ जहाज
एजेन्सि । चीनले बनाएको सी९१९ हवाइजहाजले आइतबारदेखि व्यावसायिक उडान सुरू गरेको छ।
आइतबार १२० यात्रु बोकेर उक्त जहाज सांघाईबाट राजधानी बेइजिङ उडेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।
सी९१९ चीनले बनाएको पहिलो ठूलो यात्रुवाहक जहाज हो। यो जहाज कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइनाले बनाएको हो।
यो जहाज बनाउने प्रक्रिया सन् २००९ मा थालनी भएको हो। यसबीचमा जहाज निर्माताले जहाज बनाउनेदेखि परीक्षण उडान गर्नेदेखिका काम पूरा गरेका थिए।
सन् २०१७ मा यो जहाजको पहिलो परीक्षण उडान गरिएको थियो।
चाइना इस्टर्न एयरलाइन्सले चीनमै बनेको उक्त जहाज व्यावसायिक उडानका लागि किनेको थियो। निर्माताले गत डिसेम्बरमा जहाज एयरलाइन्सलाई दिएका थिए।
कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइनाका उपाध्यक्ष झाङ युजिनका अनुसार अहिले यो मोडलका १२ सय जहाज किन्न अर्डर आइसकेको छ।
३८.९ मिटर लामो उक्त जहाज ११.९५ मिटर अग्लो छ। जहाजको नाममा भएको सीको अर्थ चाइना हो भने ९ को अर्थ दीर्घकालसम्म टिक्ने र १९ को अर्थ १९० सिट क्षमता भन्ने हो।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












