बजेटका १९ नारा, सरकारले गर्ला त कार्यान्वयन ?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको ९२०८०र८१० को बजेट संसदमा पेश गरेको छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले सोमबार संघीय संसदको संयुक्त सदनमा बजेट पेश गरेका हुन् । अर्थमन्त्रीले १९ वटा नाराले भरिएको बजेट पेश गरेका छन् ।
१. उत्पादन साथमा, अनुदान हातमास् यही नाराका साथ बजेटले कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउने लक्ष्य राखेको छ । । बीऊ खरिद, रासायनिक मल, बीमा र यान्त्रिकीकरणमा दिइँदै आएको अनुदान बाहेकका बाँकी सबै प्रकारका कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउँने अर्थमन्त्रालयको योजना हो ।
२. पोषणयुक्त घाँसेवालीको विकास गरौं, पशुजन्य उत्पादन बढाऔंस् यस नाराले एक सय वटा स्थानीय तहमा जै, नेपियर, मेन्डुला, वर्सिम लगायत जातका घाँसे बाली विकास तथा पोषण सुधारका कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
३. अबको जीवन स्वदेशमा नैस् यही नाराबाट सरकारले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई उद्यमशीलता विकास गर्ने र रोजगारीमा आबद्ध गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । यसबाट गरिवीको रेखामुनि रहेका र सेवाको गुणस्तरमा सुधार हुने अपेक्षा बजेटको छ ।
४. नेपाल घुमौं, नेपाल चिनौंस् आन्तरिक पर्यटन प्रवर्द्धन गर्न लिइएको यस नाराले स्थानीय जात्रा, संस्कृति, पर्व तथा पर्यटकीय गन्तव्यको प्रचार प्रसार गरिनने बताइएको छ ।
५. एक चिकित्सक र स्वास्थ्यकर्मीरएक स्वास्थ्य संस्थास् सरकारी अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न लिइएको यो नारा सार्थक बनाउन सबै संघीय अस्पतालमा कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री महतले बताएका छन् । यसका लागि सरकारले २४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
६. सिँचाइमा लगानी, खेतबारीमा पानीः यही नाराका साथ कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि दिगो र भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउन ठूला, जलाशययुक्त र जलपथान्तरण गर्ने बहुउद्देश्यीय आयोजना निर्माणलाई जोड दिने नीति बजेटले लिएको छ ।
७. हरित अर्थतन्त्र, दिगो विकासको मन्त्रः आयोजना कार्यान्वयनका हरेक चरणमा वातावरण संरक्षण र जलवायु परिवर्तन अनुकुलन तथा न्यूनीकरणका क्रियाकलापलाई मूलप्रवाहीकरण गर्ने बजेटको लक्ष्य छ । विपद् व्यवस्थापनका कार्यक्रमलाई एकीकृत गरी जोखिम न्यूनीकरण तथा रोकथामका उपाय अवलम्बन गरिने बताइएको छ ।
८. आधुनिक जीवनको आधार, सूचना प्रविधि र सञ्चारः यही मान्यतालाई आत्मसात गर्दै नागरिकका लागि सूचना प्रविधिको प्रयोगलाई सरल, सहज र पहुँचयोग्य बनाउने लक्ष्य बजेटले लिएको छ । ९, बागमती नदीको शान, सभ्यताको उत्थानः बागमती नदी सफाइ अभियानलाई निरन्तरता दिनेछ । काठमाडौं उपत्यकाको जलाधार संरक्षण एवं सुख्खा याममा समेत बागमती नदीमा पानीको न्यूनतम बहाव सुनिश्चित गर्न शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा बागमती ड्यामको निर्माण कार्य गर्ने सरकारी लक्ष्य हो ।
१०. कोखदेखि शोकसम्म सामाजिक सुरक्षाः लोककल्याणकारी राज्यको उद्देश्य प्राप्तिका लागि भन्ने नाराका साथ गर्भावस्थादेखि मृत्यु संस्कारसम्म जीवन चक्रका सबै चरणमा सामाजिक सुरक्षा प्रत्याभूत गरिने बताइएको छ । यद्यपि यो नारा नयाँ भने होइन ।
११. गुणस्तरीय स्वास्थ्य उपचार, जनताको अधिकारस् यो नाराले आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउँने लक्ष्य लिएको हो ।
१२। ल्याउने, सिकाउने र टिकाउनेस् बालबालिकालाई विद्यालयमा कार्यक्रमलाई विस्तार गरी कृषिजन्य प्रयोगात्मक सिकाइ प्रदान गर्न बजेटले व्यवस्था गरेको छ ।
१३. अतिथि देवो भवः सन् २०२३ देखि ३२ सम्मलाई पर्यटन दशकका रूपमा मनाउन यो नारा तय गरिएको हो ।
१४. श्रमको सम्मान राष्ट्रको अभियानस् यो नाराका साथ मर्यादित रोजगारीका अवसर सिर्जना गर्ने बजेटको लक्ष्य हो ।
१५. उत्पादन र रोजगार, समृद्धिको आधारस् यो नारालाई आत्मसात गरी औद्योगिकीकरणको गतिलाई तीव्रता दिने बताइएको छ ।
१६. जग्गा प्रशासनमा सुशासनस् यो नाराका साथ जग्गा प्रशासनसम्बन्धी कामलाई सूचना प्रविधिमा आधारित वनाउँने सरकारको लक्ष्य हो ।
१७. खेतबारीमा प्राविधिक सेवा, उत्पादनमा टेवा, खेतबारीमै प्राविधिक जनशक्ति पुर्याउनेस् लक्ष्यका साथ ल्याइएको नाराका लागि हरेक स्थानीय तहमा कृषि एवं पशुपन्छी विषयका स्नातक जनशक्ति व्यवस्थापन गर्न ४७ करोड विनियोजन भएको छ ।
१८. रैथानेमा गर्व गरौँस् भन्ने नाराका साथ परम्परागत र प्राकृतिक तथा पोषणयुक्त रैथाने खाद्यान्न बालीको बिऊ संरक्षण गरी खेती विस्तार गर्ने लक्ष्य बजेटले लिएको छ ।
१९. आत्मनिर्भर अर्थतन्त्रको आधार, स्वदेशमै उत्पादन र रोजगार भन्ने नाराका साथ स्थानीय आर्थिक सम्भावनाका आधारमा उत्पादन बृद्धि गर्ने र स्वदेशमै रोजगार सृजना गर्ने नाराको उदेश्य रहेको छ ।
Comments
अरु समाचार
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...











