अमेरिका, चीन र भारतसहित विश्वका झन्डै दुई दर्जन देशका गुप्तचर प्रमुखहरूको सिंगापुरमा गोप्य बैठक
काठमाडाैँ । अमेरिका, चीन र भारतसहित संसारका झन्डै दुई दर्जन देशका गुप्तचर प्रमुखहरूले सिंगापुरमा गोप्य बैठक गरेको खुलेको छ।
समाचार संस्था रोयटर्सका अनुसार सिंगापुरले आयोजना गरेको सांग्रिला डायलग भइरहेका बेला गत साता गुप्तचर प्रमुखहरूले पनि बैठक गरेका हुन्। सुरक्षासम्बन्धी विषयमा छलफल हुने सांग्रिला डायलगका क्रममा यसअघि पनि गुप्तचर प्रमुखहरूको बैठक हुने बताइए पनि त्यस्ता बैठक सार्वजनिक हुने गरेका थिएनन्।
रोयटर्सले विभिन्न पाँच वटा स्रोतलाई उद्धृत गर्दै अमेरिकाको नेशनल इन्टेलिजेन्सकी निर्देशक आभ्रिल हेइनस, भारतको रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्त गोयल र चिनियाँ गुप्तचर संस्थाका उच्च अधिकारी पनि बैठकमा सहभागी भएको उल्लेख गरेको छ।
अमेरिका-चीनसँगै र भारत र चीनबीच विभिन्न विषयमा तनाव जारी रहेको भए पनि ती देशका गुप्तचर प्रमुखहरूले बैठक गरेका हुन्।
‘विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरूमा कुरा गर्नका लागि यो बैठक महत्वपूर्ण हो,’ बैठकबारे जानकार एक अधिकारीले भने, ‘जुनजुन मुलुकका प्रतिनिधिहरू सहभागी भएका छन्, यसले उनीहरूलाई एकअर्काको नियत र उनीहरूको बटम लाइन के हो भन्ने गहिरो गरी बुझ्ने अवसर दिएको छ।‘
सांग्रिला डायलगमा विभिन्न ४९ देशका ६०० जना प्रतिनिधि सहभागी थिए। डायलगमा युक्रेनका उपरक्षा मन्त्री भोलोदिमिर हाभ्रिलोभ पनि सहभागी थिए तर उनी गुप्तचर प्रमुखको बैठकमा सहभागी थिएनन्। उक्त बैठकमा रूसका गुप्तचर प्रमुख पनि सहभागी नभएको बताइएको छ।
सिंगापुरको रक्षा मन्त्रालयका एक जना प्रवक्ताले सांग्रिला डायलग विभिन्न देशका गुप्तचर प्रमुखहरूको पनि भेटघाट गर्ने अवसर भएको बताएका छन्।
‘सिंगापुरको रक्षा मन्त्रालयले यस्ता द्विपक्षीय र बहुपक्षीय बैठकहरूका लागि सहजीकरण गरिदिन सक्छ,’ उनले भने, ‘डायलगको साइडलाइनमा हुने बैठकहरू सहभागीका लागि धेरै फाइदाजनक हुन्छन्।‘
अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया र न्युजिल्यान्डले गुप्तचर निकायका उच्च अधिकारीहरूको सञ्जाल बनाएका छन्। जसलाई उनीहरू फाइभ आइज नेटवर्क भन्छन्। फाइभ आइज नेटवर्कका गुप्तचर अधिकारीहरू प्राय: भेटघाट गरिरहन्छन्।
यति ठूलो संख्यामा विभिन्न देशका गुप्तचर प्रमुखले बैठक गर्ने घटना बिरलै हुन्छन् र भए पनि सार्वजनिक हुँदैनन्।
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
अछाममा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, तीन घाइते
अछाम, जेठ १६ गते । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको...
-
इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुन्छ: ट्रम्प
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने बताउनुभएको...
-
मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु...
-
विदेशी मुद्राको विनिमयदर: आज कुन देशको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...












